“सुर्यगढीमा संगठन बनाउदै समाजवादि”


नुवाकोट- स्थानिय तहकाे निर्वाचन नजिकियसँगै पछिल्लाे समय राजनितिक सरगर्मि बढ्न थालेकाे छ ।
यसै क्रममा नुवाकोटकाे सुर्यगढी गाउँपालिकाकाे वडा नं ३ मा एकीकृत समाजवादि पार्टिकाे कमिटि गठन भएको छ । नेकपा एसका जिल्ला सचिवालय सदस्य तथा वडा ईञ्चार्ज राममणि अधिकारिकाे सभापतित्व एवं बाग्मति प्रदेश कमिटि सदस्य यम कुमार खातिकाे प्रमुख आतिथ्यतामा शनिवार वडा भेला सम्पन्न भएकाे हाे।

वडा भेलाले २१ बर्षिय मनाेज पाैडेलकाे अध्यक्षतामा ३७ सदस्यीय वडा कमिटि गठन गरेकाे हाे । कार्यक्रममा नेकपा एस नुवाकाेटका आर्थिक विभाग प्रमुख रामकृष्ण राजभण्डारि, सचिवालय सदस्य राेजराज अधिकारि, सज्जन श्रेष्ठ ,सुजना खतिवडा,युवासंघ नुवाकाेटका संयाेजक सुरेश अधिकारी, खाद्वय किसान संघका केस राम प्रसाद अधिकारी, युवा संघ सुर्यगढि ईञ्चार्ज धनराज खनाल लागायतकाे उपस्थिति रहेकाे थियाे। उक्त भेलाले विज्ञान खनाललाई सुर्यगढि-३,काे युवा ईञ्चार्ज चयन गरिएकाे छन् ।


आईतवार, पुष २५ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार