पन्चकन्या-३ मा नेकपा एसकाे वडा कमिटी गठन सम्पन्न


नुवाकोट – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले नुवाकोटको पन्चकन्या गाउपालिका वडा न ३ मा वडा कमिटी गठन गरेको छ।
वडा कमिटी गठन कार्यक्रममा प्रमुख अथिति पुर्व सासद राजेन्द्र प्रकाश लोहनी रहनु भएको थियो । लोहनीले वडा भेलालाई सम्बोधन गर्दै केपि ओलीले कम्युनिस्ट आन्दोलनको बाटो छोडेकाले नयाँ समाजवादी पार्टी गठन भएको र अहिले गाउँ गाउँमा जनताले राम्रो साथ दिएनुका साथै पार्टीले जनताको विकासका लागि काम गर्ने बताए।

कार्यक्रममा बागमती प्रदेस कमिटी सदस्य राजेस थापा ,राम थापा, सुर्य कडेल, जिल्ला कमिटी सचिव पदम उप्रेती , जिल्ला कमिटी सदस्य अर्जुन कार्की , श्रीकृष्ण खतिवडा , गणेश थापा, युवा नेता दिपेश चित्रकार , उतम श्रेष्ठकाे उपस्थिति रहेकाे थियाे। भेलाले वडा कमिटी अध्यक्ष सिताराम थापा, उपाध्यक्ष चित्रलेखा थापा र मैया कुमारी थापा, सचिब सुरेश अधिकारी(रबिन्द्र), र उप सचिब कान्छी माया तामाङ्ग सहित २१ सदस्यीय वडा कमिटी गठन गरेको छ।
साथै युवा सघको कमिटीमा अध्यक्ष बिनोद थापा,उपाध्यक्ष प्रसन तामाङ्ग र बिशन थापा,सचिवमा पुजन प्याकुरेल र उपसचिव प्रदिप थापा सहितकाे युवा संघ नेपालको ९ सदस्यीय वडा कमिटी समेत गठन गरेको छ। साथै अनेमासघं अध्यक्षमा सरिता थापा,उपाध्यक्षमा मैयाँ थापा र सचिब तुलशा थापा सहित ५ सदस्यीय समाजवादी महिला संगठनको वडा कमिटी पनि गठन गरेको छ।


आईतवार, पुष २५ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार