नेपाली सेना जबर जंग गणकाे ‘एकीकरण मार्ग पदयात्रा’


नुवाकाेट-नेपाल एकीकरणको इतिहाससँंग जोडिएका पुराना ईतिहासका गढी र किल्लाहरूको संरक्षण तथा सम्बर्द्धन गर्न नुवाकाेटमा रहेकाे नेपाली सेनाकाे जबर जंग गणले ३००ओैं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई हर्षोल्लासका साथ मनाउन ‘एकीकरण मार्ग पदयात्रा’ लाई निरन्तरता दिएकाे छ।

पृथ्वीनारायण शाहले नेपालको राष्ट्रिय एकीकरणका क्रममा निर्माण भएका किल्ला तथा त्यसअघिका बाइसे, चौबीसे राजा रजौटाका दरबारहरूको संरक्षण गर्न एकीकरण पदमार्ग निर्माण गरिएको विषयहरुलाई सम्मान तथा स्मरण गर्दै एकीकरणकाे महत्वलाई नेपाली सेनाकाे जबर जंग गणले विगत तीन वर्षदेखि निरन्तरता दिदै आईरहेकाे छ।पदयात्रामा सहभागी सेनाको टोलीलाई शनिवार बिहान नुवाकोट दरबार क्षेत्रमा भब्य स्वागत गरिएकाे थियाे।

गोरखा दरवार स्थित हनुमान चाैतारीवाट (छविसकाेष ढुङ्गा) वाट सुरु गरेकाे एकीकरण मार्ग पदयात्रा कार्यक्रम भिम्सेनपार्क जाेर चाैतारी (पच्चिस काेष) काेखेआले,ताप्लेकाेट (चाैबिस काेषे ढुङ्गा) झिगंटे–अश्राङ चाैतारी (तेईस काेषे ढुङ्गा) बोर्लाङ (बाईस काेषे ढुङ्गा ) महाँदेवबेंसी, बोर्लाङघाट(एक्काईस काेषे ढुङ्गा ) हुदै सल्यानटार बुढीगण्डकी खाेला (गाेरखा र धादिङ जिल्लाकाे सिमाना) मा गाेरखा जिल्लामा तैनाथ रहेकाे रिपुमर्दन गणले धादिङ जिल्लामा तैनाथ शिवदल गणलाई हस्तान्तरण गर्दै बुधवार साँझ धादिङ आइपुगेको सेनाको टोली त्रिपुरासुन्दरी गाउँपालिकाको रानीपौवाबाट नेत्रावती डवजोङ गाउँपालिकाको कटुञ्जेमा बास बसेर शुक्रवार मध्यान्ह नुवाकोट र धादिङको सीमानामा पर्ने भर्याङभुरुङ खाेला आईपुगेको थियो ।

सल्यानटार बुढीगण्डकी खाेला धादिङबाट पदयात्राको नेतृत्व गरेका शिवदल गणका गणपती प्रमुख सेनानी अशोककुमार बरालले नुवाकोटस्थित जवरजंग गणका गणपति प्रमुख सेनानी अरुण कार्कीलाई दीपज्योती र झण्डा हस्तान्तरण गरेपछि शुक्रवारबाट नुवाकोटको जवरजंग गणका सहसेनानी सरोज खड्काको नेतृत्वमा सेनाकाे सहभागी टोली सहित पदयात्राको नेतृत्व गरिरहेका छन् ।

नेपाली सेनाको नम्वर ६ बाहिनी अड्डा बैरेनीका बाहिनीपति सहायक रथी रबिन्द्र के.सी ले आम नागरिकमा राष्ट्रिय एकताको भावना जागृत गराउन र एकीकरण पदमार्गको बिकासका लागि पदयात्रा सार्थक सावित भएको बताउँदै एकीकरण अभियानमा जोडिएका सबै कुराहरुको पहिचान गरी भावी पुस्तालाई ईतिहासको बास्तबिक सत्य बोध गराउनका लागि समेत नेपाली सेनाले पदयात्रालाई निरन्तरता दिईएको बताउनुभयाे। सहायक रथी के.सी ले पृथ्बीनारायाण शाहले नेपालको बाईसे-चौबिसे राजा रजौटाहरुलाई गोर्खा राज्यको बिस्तारमा गाभ्दै बृहत्त देश, जुन पछि नेपाल देशको रुपमा कहलिन पुगाे, उहाँले नेपाललाई बनाउन थालनी नगरेको भए अहिले हामी नेपाली भनेर विश्वमा चिनिने थियाै हाेला त? भन्दै प्रश्न गर्नुभयाे।

उहाँ भन्नू हुन्छ “नेपाल एकीकरणको उद्देश्य लिएर राज्य विस्तारमा लागेका पृथ्वीनारायण शाहले विसं १८०१ आश्विन १५ गते नुवाकोट विजय गरेर उपत्यका प्रवेशको बाटो खोलेका थिए। उनले त्यसपछि क्रमश: काठमाण्डू खाल्डोमा रहेका मल्ल राजाहरूद्वारा शासित तीनवटा राज्यलाई आफ्नो राज्यमा मिलाउन सफलता पाए। त्यसअघि उनले आफ्नो ससुराली राज्य मकवानपुरलाई समेत आफ्नो राज्यमा मिलाइसकेका भन्ने ईतिहासमा पढ्न पाईन्छ”। उहाँ फेरि भन्नू हुन्छ”पुराना ईतिहासकाे कला, संस्कृतिहरुकाे जर्गेना र उत्थानलाई नेपाली सेनाले मात्र हैन हामी आमनागरिकले पनि यसकाे माैलिकता लाई जाेगाईराख्न पहल गर्नुपर्दछ”।

जवरजंग गणका गणपति प्रमुख सेनानी अरुण कार्कीले पृथ्वीनारायण शाहले गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौं सम्म यात्रा गरेको मार्गलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा परिचित गराउन पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस तामझामका साथ मनाउनु पर्ने गणपति कार्कीले जानकारी दिनुभयाे। उहाँका अनुसार एकीकरण मार्ग पदयात्रा पुष २१ गते गोरखा दरबारबाट सुरुभएकाे दीपज्योती धादिङकाे सल्यानटार बुढीगण्डकी खाेलामा शिवदल गणलाई हस्तान्तरण गरिएकाे जानकारी समेत दिनुभयाे।

गणपति कार्की भन्नू हुन्छ “एकीकरण मार्ग पदयात्रा धादिङको टोलीले सल्यानटार,हाँसिपुल,खहरे,चरंगे पाैंवा, कटुञ्जे हुँदै पुष २३ गते नुवाकोट र धादिङको सीमाना भर्याङ्भुरुङ खाेलामा हाम्राे यश जबर जंग गणलाई हस्तान्तरण गरेकाे छ भने जबरजंग गणले सामरी भञ्ज्याङ ,कागुने, देउडी, कल्याणपुर, बाघटार, खिञ्चेत हुँदै शुभघाटमा रात्री बिश्राम गरेपछि आज गेर्खुटार, क्यौरिनी चौतारा, महामण्डल डाँडा,नुवाकोट दरबार, धरमपानी, शेराफाँट हुँदै चतुराले पुग्ने छ”।

पुष २५ गते जबर जंग गणका सेनाको टोलीले चतुरालेबाट रानिपौवा हुँदै नुवाकोट र काठमाडौंको सीमाना ककनीमा काठमाडौंको शमशेरदल गणलाई साेमवार दीपज्योती हस्तान्तरण गर्ने छ। शमशेरदल गणले पदयात्रा सहित हनुमान ढोकामा तैनाथ सार्दुल जंग गुल्मलाई दीपज्योती दिएपछि उक्त गुल्मले पाैष २७ गते हनुमान ढाेका दरबार बाट जुद्व शालिक,न्युराेड गेट,सैनिक मंचकाे पश्चिम गेट,पुर्वि गेट हुदै जंगी अड्डाकाे मुख्य गेट (भद्रकाली) बाट पृथ्वीनारायण शाहकाे शालिक सम्म टर्च सहितकाे भव्यरुपमा पदयात्रा सहित पृथ्वीनारायण शाहकाे शालिकमा माल्याअर्पण कार्यक्रम गरी विशेष समारोह सहित एकीकरण मार्ग पदयात्राकाे समापन हुने उहाँले जानकारी दिनुभएकाे हाे।

आजकाे एकीकरण मार्ग पदयात्राकाे कार्यक्रम समापनका क्रममा सेनाका सहायक रथी रबिन्द्र के.सी, सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले, नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल, बिदुर नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष बिरेन्द्रकुमार शाही, प्रहरी उपरीक्षक रामप्रकाश शाह, जवरजंग गणका गणपति अरुण कार्की र नेपाल पत्रकार महासंघका बागमती प्रदेश अध्यक्ष शिव देबकोटा र स्थानीयहरुकाे उपस्थितिमा स्थानीय रीतिरिवाज अनुसार सगुन खुवाउँदै अबिर माला लगाएर स्वागत कार्यक्रम प्रश्चात बाजागाजा सहितको जवरजंग गणका सहसेनानी सरोज खड्का सहित सेनाकाे टाेलीलाई एकीकरण दीपज्योती हस्तान्तरण गरेर बिदाई गरेका थिए ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा प्रयोग गरेको पदमार्ग क्षेत्रको समूचित बिकास र संरक्षण गरि ईतिहासको पुर्नस्मरण गराउने र ती क्षेत्रहरु लाई पर्यटकीय क्षेत्रको रुपमा समेत रुपान्तरण गरि आर्थिक समृद्धिका आधारहरु समेत पहिल्याउने उद्धेश्यले नेपाली सेनाले एकीकरण मार्ग पदयात्रा सुरु गरेको हो । तीनबर्ष अघिबाट सुरु गरिएको एकीकरण मार्ग पदयात्रा सेनाका अनुसार काठमाडौंको हनुमानढोका देखि गोरखाको हनुमान मन्दिरसम्म रहेका २६ वटा कोसेढुँगाहरु मध्ये कतिपय लोप भईसकेका र कतिपय जिर्णोद्धार गर्नुपर्ने अवस्थामा रहेकाले तिनिहरुको पहिचान र संरक्षणको उद्धेश्य समेत पदयात्रा अभियानले लिएको छ ।


शनिबार, पुष २४ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार