एमाले साताै अधिवेसन,नेतृत्वमा बुद्धि वहादुर प्रधान बलियाे


नुवाकाेट- नेपाल कम्युनिष्ट पार्टी एमाले नुवाकाेटकाे साताै जिल्ला अधिवेसन आजवाट नुवाकाेटकाे बट्टारमा सुरु भएकाे छ।
महाधिवेशन सम्पन्न भएपश्चात आज देशैभरि एकैपटक एमालेकाे जिल्ला सम्मेलन सुरु भएकाे हाे। नुवाकाेटकाे जिल्ला अधिवेशनले जिल्ला नेतृत्व सहितकाे कमिटि पनि निर्वाचित गर्ने छ। अधिवेसन आज उद्घाटन गरिने र भाेलि वन्दसत्र सुरु गरिने आयाेजकले वताएका छन्।
सर्वसम्मत नेतृत्व छनाैटका लागि प्रयत्न जारी रहेपनि नेतृत्वका लागि तत्कालीन उपाध्यक्ष बद्रि मैनालि र सचिव बुद्धि वहादुर प्रधानले अध्यक्षमा उम्मेदवारी घाेषणा गरेका छन्। नुवाकाेट कम्युनिष्ट आन्दाेलनमा दुख र संघर्ष गर्दै आम जनताकाे सुखदुखमा सङ्गै रहनुभएका बुद्धि वहादुर प्रधाननै एमाले नेतृत्वका लागि उपयुक्त नेतृत्व हुन सक्ने आकलन गरिएकाे छ।
पार्टि सङ्गठनमा वलियाे र राजनिती अनुभवि प्रधान नुवाकोटका हरेक भुगाेल र जनताका विच प्रिय हुनु हुन्छ।पार्टीकाे नीति,विधान र पद्धतिमा चल्नुपर्छ भन्दै पार्टी भित्र संघर्ष गर्दै निरंङकुसता र व्यक्तिवादि हैकमवाद विरुद्ध खराे उत्रने प्रधानकाे विकल्प बाहेक अरु नभएकाे वताईएकाे छ।

२०६४ सालमा राजनितिमा प्रवेश गरेका भनियतापनि हालका उपाध्यक्ष बद्रि मैनाली गुटगत राजनितिमा आर्थिक चलखेल गर्दै राजनितिमा स्थापित बन्ने प्रयासमा रहेका छन्।प्रदेश संसद समेत रहेका मैनालीले आर्थिक सम्पन्नताकाे भरमा सङ्गठन विनानै नेताहरुकाे आशिर्वाद र तथास्तुताले अहिले सम्मकाे राजनितिक हैसियत प्राप्त गरेकाे कुरा नुवाकाेटे एमालेमा मात्र नभई आमजनतामा समेत प्रस्ट छ।दुख र संघर्षमा याेगदान गरेकाहरु लाई पाखा लगाउदै हुकुमेशैलि र पैशाकाे आडमा नयाँ र सम्पन्नहरु लाई पार्टी सुम्पिने परिपाटिले पार्टी र सङ्गठन अझै कमजाेर बन्ने भन्दै प्रधानलाई नेतृत्वमा स्थापित गराउन नुवाकोटका पुराना नेता कार्यकर्ताहरु लागिरहेका छन्।


शुक्रबार, पुष २३ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार