विदुरकाे वडा नम्बर ५ मा समाजवादी पार्टीको भब्यताका साथ वडाभेला सम्पन्न,३१ सदस्यीय कमिटीमा आवद्ध


नुवाकोट – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी नुवाकोटले विदुर नगरपालिका- वडा नम्बर ५ मा आज देविघाटमा वडा कमिटी गठन गरेको छ।
आजकाे भेलाले अध्यक्षमा रामहरी गजुरेल,उपाध्यक्षमा राम बहादुर सुनार र सीता नेपाली चयन भएका छन् भने त्यसैगरी सचिबमा बद्रीलाल चित्रकार, उप सचिवमा शंखर गजुरेल र कुशल श्रेष्ठ सहित ३१ सदस्यीय वडा कमिटी गठन गरिएकाे छ।

साथै उक्त भेलाले युवा संघ नेपालको वडा कमिटी समेत गठन गरेकाे छ। अध्यक्षमा आयुस गजुरेल,उपाध्यक्षमा शारदा गजुरेल,सचिवमा दिपक कुमाल र उप सचीबमा रोजित खानलाई चयन गरेको छ।

कार्यक्रममा निर्वाचित कमिटि लाई प्रमुख अतिथि पाेलिटव्युराे सदस्य तथा पार्टी इन्चार्ज राजेन्द्र प्रकाश लाेहनीले सपथ गराउनु भएकाे थियाे। कार्यक्रममा प्रमुख अतिथि लाेहनिले व्यवस्था र संविधानकाे रक्षाकाे निमित्त पार्टी पुनर्गठन आवश्यक रहेकाेले हामी नेकपा एस लिगेर फेरी जनताकाे घर दैलाेमा आएकाे बताउनु भयाे। कार्यक्रममा माओवादी पार्टीका नेता लिलानाथ न्याैपानेले अब आउने स्थानियतहकाे निर्वाचनमा माओवादी र।समाजवादी पार्टीको चुनावि तालमेल गरि निरंकुशता शासकहरु लाई निर्वाचन प्रणाली वाटै तानाशाहीहरुकाे अन्त्य गर्ने बताउनु भयाे।

कार्यक्रममा पार्टी अध्यक्ष गाेबिन्द नेपाली, केन्द्रीय परिषद् सदस्य तथा जिल्ला कमिटी सदस्य सुर्य बहादुर कडेल, बागमती प्रदेश सदस्य यमकुमार ख्याति, आर्थिक विभाग प्रमुख रामकृष्ण राज भण्डारी ,बुद्धिजीवी परिषद प्रमुख रामहरि गजुरेल,युवासघं अध्यक्ष सुरेश अधिकारी, जिल्ला कमिटी सदस्य तथा युवा नेता राजकुमार अर्जेल पुत्ला,नरेश डंगोल ,बुद्धि लाल चित्रकार,ताेयनाथ गजुरेल, राम्मणी अधिकारी,दिपक पाठक,नारायण नेपाल, विश्व कडेल लगाएतकाे उपस्थिति रहेकाे थियाे। कार्यक्रम संचालन युवा नेता दिपेश चित्रकारले गर्नु भएकाे थियाे।


शुक्रबार, पुष १६ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार