नेकपा एसले सुर्यगढी गाउँपालिकामा वडा कमिटी गठन सम्पन्न गरेकाे छ


नुवाकोट – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी नुवाकोटले सुर्यगढी गाउँपालिका- वडा नम्बर २ मा आज वडा कमिटी गठन गरेको छ।
भेलाले कमिटीको अध्यक्षमा दिनेश अधिकारी, उपाध्यक्ष सहदेव अधिकारी र कृष्ण बहादुर सुनार, सचिबमा बुद्वराम तामाङ,उप-सचिवमा पृथ्वी राज लामा र सुनिल सुनार सहित २५ सदस्यीय वडा कमिटी गठन गरेको हाे। साथै उक्त भेलाले युवा संघ नेपालको अध्यक्षमा किशोर अधिकारी र सचिवमा बिनय बिकलाई चयन गरेको नेकपा एकीकृत समाजवादी पार्टी नुवाकोटका सचिव पदव उप्रेतीले जानकारी दिनुभएकाे हाे।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा जिल्ला कमिटी सदस्य सुर्य बहादुर कडेल,जिल्ला कमिटी सदस्य,युवा संघका पदाधिकारी,स्थानियहरु लगाएतकाे उपस्थिति रहेकाे थियाे।
नेकपा एसका जिल्ला कमिटी सदस्य राम्मणी अधिकारीले कार्यक्रम संचालन गरेका थिए।


मंगलवार, पुष ६ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार