लिखु गाउँपालिका-२ मा नेकपा एसकाे वडा कमिटी गठन


नुवाकोट- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले लिखु गाउँपालिका वडा नं. २ मा आज वडा भेला सम्पन्न गरेकाे छ।

आज भएकाे वडा कमिटीकाे भेलाले शंकर लामिछानेकाे अध्यक्षतामा २५ सदस्यीय गठन गरेकाे हाे। वडा कमिटिकाे उपाध्यक्षमा राजकुमार घले र इश्वर घले, सचीवमा झंक प्रसाद नेपाल, उपसचिवमा राजकुमार थापा र संचिता थापा मगर चयन गरिएको छ।

साथै आजकाे भेलाले राजकुमार थापाकाे अध्यक्षतामा १५ सदस्यीय युवासंघ वडा कमिटि गठन समेत गरिएकाे युवासंघ नेपाल नवाकाेटका संयाेजक सुरेश अधिकारिले जानकारि दिए। नेकपा एसका पाेलिटव्युराे सदस्य तथा नुवाकाेट ईन्चार्ज राजेन्द्र प्रकाश लाेहनिकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे। कार्यक्रममा नेकपा एस नुवाकाेटका सचिव पदम उप्रेती, प्रदेश समन्वय कमिटीका नेता वसन्त वस्नेत, जिल्ला नेताहरु रामहरि गजुरेल, जगदिश पाठक, हरि ढकाल,विकल केसि, सन्ताेष थापा लगाएकाे उपस्थिति रहेकाे थियाे।


बुधबार, मंसिर २९ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार