नेकपा एसकाे तादी र शिवपुरीमा वडा कमिटि गठन सम्पन्न


नुवाकोट- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नुवाकाेटले जिल्लाभरी संगठन विस्तार अभियान लाई तिव्रता दिदै तादी गाउँपालिकाकाे वार्ड नं. ५ र ६ र शिवपुरी गाउँपालिकाकाे वार्ड नं. ४ मा शुक्रबार वडा कमिटी गठन कार्यक्रम सम्पन्न गरेकाे छ।

तादी गाउँपालिका स्थित डाडाकाे पाटामा आयाेजित वडा नं. ५ र ६ काे संयुक्त कार्यक्रममा बावुराम तामाङकाे अध्यक्षतामा २५ सदस्यिय र नेकपा एस तादी गाउँपालिका ५ नं. वडा कमिटि गठन गरिएकाे छ। कमिटिकाे उपाध्यक्षमा भगवान श्रेष्ठ र ज्ञानु गुरुङ चयन भएका छन्। कमिटिकाे सचिवमा केशव अधिकारी र उपसचिवमा गाेपाल मिजार,सरु उप्रेती र झिल्के लामा तामाङ चयन भएका छन्। कार्यक्रममा युवा संघ नेपालकाे वडा कमिटि समेत चयन गरिएकाे छ । कमिटिकाे अध्यक्षमा रविन तामाङ,उपाध्यक्ष विष्णु तामाङ,सचिव नारायण तामाङ र उपसचिव पुजा खड्का सहित १३ सदस्यीय युवासंघ वडा कमिटि गठन भएकाे हाे।

त्यस्तै, तादी गाउँपालिका वार्ड नं. ६ नेकपा एस वडा कमिटि अध्यक्षमा राम वहादुर तामाङ चयन भएका छन्।२९ सदस्यीय वडा कमिटिकाे उपाध्यक्षमा अर्जुन पाैडेल र डल वहादुर तामाङ चयन भएका छन्।कमिटिकाे सचिवमा भुवन तामाङ र उपसचिवमा रामचन्द्र सुनार, सुनिता खनाल ढुङ्गाना र साेविता प्याकुरेल रिजाल चयन भएका छन्।साेहि भेलाले आर्थिक विभागमा प्रमुख वद्रि प्रसाद खनाल लाई चयन गरिएकाे छ। कार्यक्रममा युवासंघ नेपालकाे वडा कमिटि समेत गठन गरिएकाे छ। कमिटिकाे अध्यक्षमा प्रकाश लामा,उपाध्यक्ष प्रकाश तामाङ,सचिव भुवन तामाङ र उपसचिव ठुलाे कान्छा तामाङ रहेकाे १३ सदस्यीय वडा कमिटि चयन भएकाे हाे।

कार्यक्रम नेकपा एस पाेलिटव्युराे सदस्य तथा नुवाकाेट ईन्चार्ज राजेन्द्र प्रकाश लाेहनीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे। कार्यक्रममा प्रदेश कमिटि सदस्य के पि लामिछाने,वसन्त वस्नेत,जिल्ला उपाध्यक्ष शान्ता थापा अधिकारी,उपसचिव अर्जुन श्रेष्ठ, युवासंघ नेपालका जिल्ला अध्यक्ष सुरेश अधिकारी,पार्टी जिल्ला कमिटि सदस्य देवेन्द्र तामाङ,हरिजङ्ग पाण्डे लगाएत नेताहरुकाे उपस्थिति रहेकाे थियाे।
त्यसैगरि नेकपा एकीकृत समाजवादि शिवपुरी गाउँपालिका वार्ड नं. ४ काे वडा कमिटि गठन गरिएकाे छ। शिवपुरि स्थित सिक्रेमा आयाेजित कार्यक्रममा डम्बर बहादुर खड्काकाे अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरिएकाे हाे। कमिटिकाे उपाध्यक्षमा वल वहादुर गुरुङ र मनिषा खड्का चयन भएका छन् भने सचिवमा दुर्गा आलेमगर, उपसचिवमा उमा वुढाथाेकि चयन भएका छन् वडा कमिटि युवा संघकाे अध्यक्षमा छिरिङ तामाङले जिम्मेवारी पाएका छन्।

कार्यक्रम नेकपा एकीकृत समाजवादि नुवाकाेटका सचिव पदम उप्रेतीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे।कार्यक्रममा शिवपुरी गाउँपालिका वार्ड नं. ५ का वडा अध्यक्ष सिताराम थापा, ८ का वडा अध्यक्ष पदम वहादुर थपलिया, वडा न ४ का वडा सदस्य तथा जिल्ला कमिटि सदस्य सन्ताेष थापा,उत्तम श्रेष्ठ ,चम्पा तामाङ,उज्वल खड्का,सिता पाेखरेल शिवपुरि काठमाडौ सम्पर्क मन्चका अध्यक्ष सन्जिव थापा लगाएतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६ जना नेकपा (एस) प्रवेश गरेका छन्।


शनिबार, मंसिर २५ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार