सुर्यगढीमा नेकपा एसकाे वडा कमिटी गठन


नुवाकोट-नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले सुर्यगढी गाउँपालिका-वडा नम्बर ५ मा आज वडा भेला सम्पन्न गरेकाे छ।

समाजवादी पार्टीका सुर्यगढी गाउँपालिका-५ का वडा इन्चार्ज भगवान नर्सिङ अधिकारीको सभापतित्वकाे भेलाले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सुर्यगढी गाउँपालिका वडा न ५ काे बृहत् वडा भेलाले आज सम्पन्न गरेकाे हाे। वडा कमिटि अध्यक्ष भगवान अधिकारी,उपाध्यक्षमा हिरा बुढाथोकी र रामजी अधिकारी, सचिवमा धिरज बोगटी,सहसचिवमा सन्जु कडेल र सबिना थापा सहित ४३ सदस्यीय वडा कमिटी चयन गरिएकाे छ। त्यसैगरी युवा संघ नेपालको वडा कमिटि समेत आजकाे भेलाले गठन गरेकाे छ। कमिटिकने अध्यक्षमा अनिल ढकाल,उपाध्यक्षमा राजेन्द्र बस्नेत र सचिवमा गायत्री अधिकारी सहित १३ सदस्यीय युवा संघ वडा कमिटि गठन गरिएकाे हाे।

कार्यक्रममा नेकपा एसका जिल्ला उपाध्यक्ष शान्ता थापा अधिकारीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे कार्यक्रममा जिल्ला सचिव पदम उप्रेती,जिल्ला कमिटि सदस्य तथा युवा संघ जिल्ला संयाेवक सुरेश अथिकारी,सीता श्रेष्ठ अधिकारी,युवा संघ नेपाल केन्द्रिय सदस्य नवराज बस्नेत,युवा संघ नेपाल जिल्ला कमिटी सदस्य तथा सुर्यगढी सह इन्चार्ज उत्सब थापा,युवा संघ नेपाल जिल्ला कमिटी सदस्य धिरज बोगटी र जीवन पौडेल लगाएतकाे उपस्थिति रहेकाे थियाे। वडा भेलालाइ शान्ता थापा अधिकारी,पदम उप्रेती र सुरेश अधिकारीले सम्बोधान गरेका थिए।


शनिबार, मंसिर १८ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार