विदुर-१० मा समाजवादी पार्टीकाे वडा कमिटी गठन सम्पन्न


नुवाकोट-“संसारका श्रमजीवीहरु एक हाेओैं”भन्ने मूलनाराका साथ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले विदुर नगरपालिका वडा नम्बर १० मा आज वडा भेला सम्पन्न भएकाे छ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटि नुवाकोटका जिल्ला सदस्य तथा १० नम्बर वडा इन्चार्ज राकेश कुमार तामाङका् सभापतित्वमामा वडा भेला सम्पन्न भएकाे छ। विदुर नगरपालिका-१० स्थित शुभघाटमा भएकाे भेलाले नारायण प्रसाद प्याकुरेलकाे अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरिएकाे छ। कमिटीकाे उपाध्यक्षमा प्रमाेद पाण्डे,सचिवमा रेनु श्रेष्ठ तामाङ,उपसचिवमा बावुकाजी तामाङ र हरीराम खतिवडा चयन भएका छन्।त्यसैगरी युवा संघ नेपाल विदुर नगरपालिका-१० काे वडा कमिटि समेत आजकाे भेलाले गठन गरेकाे छ। कमिटिकाे संयाेजकमा सचिन तामाङ र सहचिवमा भुवन तामाङ गरि १५ सदस्य चयन गरिएकाे छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी समाजवाका केन्द्रीय परिषद् सदस्य तथा जिल्ला कमिटी सदस्य सुर्य बहादुर कडेलले समाजवादकाे यात्रामा नागरिककाे चासाे धेरै नै बढ्दै गईरहेकाे जानकारी दिनुभयाे। पार्टीको विधि,विधानमा रहेर समाजवादी पार्टीले सधै जनताहरुकाे पक्षकाे वहस गर्निुका साथै निमुखा र गरीबीहरुकाे पक्षमा समाजवादी पार्टी रहिरहने बताउनु भयाे। उहाँ भन्नू हुन्छ “संविधानकाे रक्षा गर्दै समाजवादकाे यात्रामा सबै आउनु हाेस् नयाँ काम, सिदान्त लाई समावेश गराै। पार्टीमा अनुशासनकाे मापदण्ड ताेडेर केपी ओली जस्ता तानाशाही र निरंकुशता लाई अब तपाईंहरुले बनाएकाे वडा कमिटीका सदस्यहरुले मेटाउन सक्नु हुन्छ। अब कुनै पनि षड्यन्त्रलाई समाजवाट सधैकाे लागि निर्मुम पार्ने यात्रा समाजवादी पार्टीले गर्ने छ” उहाँले बताउनु भयाे।

त्यस्तै,नेपाल कम्युनिष्ट पार्टी समाजवादीका जिल्ला उपसचिव तथा खेलकुद विभाग प्रमुख उद्वव पनेरुले समाजवादी पार्टीको मुख्य एजेन्डा भनेकाे समाजका पिडित जनता लाई न्याय र विकास दिने,पिडितका पक्षमा वकालत गरि जनपक्ष बन्ने मुख्य उदेश्य रहेकाे जानकारी दिनुभएकाे हाे। पनेरुले विदुरकाे १० नम्बर वडा स्तरीय भेलाकाे कार्यक्रमले आज बनाईएकाे वडा कमिटीले समाजवादी पार्टीकाे संगठनमा लागि पार्टी मार्फत विकास,बजेट र विभिन्न याेजना लाई वडा,नगर र गाउँमा लाने काम गराेस् भन्दै शुभकामना व्यक्त गरेका थिए। उहाँले भन्नुभयाे “जनतामुखि बजेट र विकास दिन्छाैं समाजवादी वडा कमिटी मार्फत आँउनुस् हामी तपाईहरु लाई सहयोग गर्छाैं।समाजवादी पार्टीले आसमात्र दिदैन बिश्वास दिन्छाै र काम गर्छाैं। तपाईंहरुकाे वडामा के आवश्यक छ गुनासाे वडा कमिटिसंग गर्नुस हामीले बजेट प्रदेश सरकार मार्फत हाेस या केन्द्रीय सरकार मार्फत हाेस् तपाईकाे गुनासाे सम्बन्धित निकायसम्म लैजान्छाै”।

नेपाल कम्युनिष्ट बाग्मति प्रदेश सदस्य यमकुमार ख्यातीले विदुरकाे वडा नम्बर १० का नागरिकले यस वडामा अवकाे निर्वाचनमा समाजवादी पार्टीको नेतृत्व हुनेगरि वठा कमिटीका सदस्यहरु संगठनमा लाग्ने छन् भन्दै विधि,विधान,अनुशासित व्यक्तिहरु समाजवादी पार्टीमा रहेकाे बताउनु भयाे।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी समाजवादीका आर्थिक विभाग प्रमख रामकृष्णराज भण्डारीले समाजवादी पार्टीको उदेश्य बारे प्रष्ट पार्दै समाजवादी यात्रामा लाग्न सम्पूर्ण नागरिकलाई आव्हान गर्दै समाजवादी पार्टी नै संविधान र गणतन्त्रको रक्षा गर्नै पार्टी रहेकाे बताउनुभयाे। उहाँले वडामा परेका समस्याहरु वडा कमिटीमा भन्नुहाेस् यसकाे समाधान कहाँ,कसरी गर्न सकिन्छ हामीले, समाजवादी पार्टीले सहयोग गर्ने प्रतिवद्वता दिदै आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा आफ्नाे मन्तव्य राख्दै समाजवादी पार्टी नुवाकोटका वुद्वीजिवी विभाग प्रमुख रामहरी गजुरेलले समाजवादी पार्टी नै समाज रुपान्तरण र नयाँ उदेश्य बाेकेकाे पार्टी रहेकाे बताउनुभयाे।

कार्यक्रममा समाजवादी पार्टीका जिल्ला कमिटि सदस्य राम्मणी अधिकारी, दिपेश चित्रकार, सजन कुमार श्रेष्ठ ,विदुर नगरपालिका-१२ का समाजवादी पार्टीकाे वडा कमिटी अध्यक्ष संजय रिमाल,वडाका नागरिकहरु, बुद्धिजीवीहरु लागाएतकाे उपस्थितमा कार्यक्रम सम्पन्न भएकाे थियाे।


शनिबार, मंसिर १८ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार