नेकपा एस वेलकाेटगढि ७ मा वडा कमिटि गठन,विभिन्न पार्टी परित्याग गरी २८ जना एसमा प्रवेश


नुवाकोट-नेपाल कम्युनिष्ट पार्टी एसकाे वेलकाेटगढी नगरपालिका-७ स्थिति महादेवफाँटकाे वडा कमिटी भेला आज सम्पन्न भएकाे छ।
नेपाल कम्युनिष्ट पार्टी एस नुवाकाेटकाे दाेश्राे पुर्ण वैठकले निर्णय गरे बमाेजिम वडा तहहरुमा संगठन निर्माण अभियान अन्तर्गत वेलकाेटगढी नगरपालिकाकाे वडा नम्बर ७ काे अधिवेशन तथा भेला आज भव्यताकाे साथ सम्पन्न भएकाे छ। नेकपा एस पाेलिटव्युराे सदस्य राजेन्द्र प्रकाश लाेहनीकाे प्रमुख आतिथ्यता सम्पन्न भेलाले विलभद्र नेपाल संयाेजक र देउती तामाङ सहसंयाेजक रहने गरी ३१ सदस्यिय वडा कमिटि गठन गरिएकाे समाजवादी वेलकाेटगढीका नेता तथा जिल्ला कमिटि सदस्य नारायण नेपालले जानकारी दिनुभएकाे हाे।उहाँले दिल वहादुर राईकाे अध्यक्षतामा युवा संघ नेपालकाे २१ सदस्यीय वडा कमिटि समेत आजै गठन गरिएकाे बताउनु भयाे। युवा संघका उपाध्यक्ष सन्ताेष नेपाल सचिव दिपेश राई र उपसचिवमा केदार भुजेल चयन भएका छन्।

निर्वाचित कमिटि लाई पाेलिटव्युराे सदस्य राजेन्द्र प्रकाश लाेहनीले सपथ गराउनु भएकाे थियाे। कार्यक्रममा प्रमुख अतिथि लाेहनिले व्यवस्था र संविधानकाे रक्षाकाे निमित्त पार्टी पुनर्गठन आवश्यक रहेकाेले हामी नेकपा एस लिगेर फेरी जनताकाे घर दैलाेमा आएकाे बताउनु भयाे।
कार्यक्रममा नेकपा एसका जिल्ला अध्यक्ष गाेविन्द नेपाली,राष्ट्रिय परिषद सदस्य सुर्य वहादुर कडेल,पार्टी उपसचिव उद्धव पनेरु,जिल्ला कमिटि सचिवालय सदस्य रामकृष्ण राजभण्डारि,रामहरि गजुरेल,नारायण नेपाल,प्रकाश नेपाल,दिपेश चित्रकार, कुमार खड्का,जीवन लामिछाने,नारायण नेपाल।गाएतकाे उपस्थित रहेकाे थियो भने युवासंघ जिल्ला कमिटि सदस्य नविन न्याैपाने,पुरुषाेतम वाग्ले,सागर अधिकारी,वद्रिलाल चित्रकार लगाएतकाे सहभागिता रहेकाे थियाे।

कार्यक्रमकाे अध्यक्षता सचिवालय सदस्य नारायण नेपालले गर्नुभएकाे थियाे भने कार्यक्रमकाे सन्चालन सचिवालय सदस्य प्रकाश नेपालले गरेका थिए। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २८ जना नेकपा एसमा प्रवेश गरेका छन्। कार्यक्रममा वेलकाेटगढि वडा न १२ काे भेला मसिर १८ गते गरिने जानकारि गराईएकाे थियाे।


बिहीबार, मंसिर १६ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार