नेकपा एसकाे शिवपुरी ७ मा वडा भेला सम्पन्न ३५ सदस्यीय गठन


नुवाकोट-नेकपा एकीकृत समाजवादीले शिवपुरी गाउँपालिका-७ स्थित सुनखानीमा वडा कमिटी गठन गरेकाे छ।
नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज तथा पुर्व सासंद राजेन्द्र प्रकाश लोहनीको प्रमुख अतिथिमा वडा कमिटी गठन गरिएको हो । वडा कमिटी गठन कार्यक्रम लाई सम्बोधन गर्दै लोहनीले नेकपा एकीकृत पार्टी जनताको लागि काम गर्ने पार्टी भएको र अहिले समाजवादी पार्टी कमिटी निर्माण र सगंठन विस्तारको समयमा गाउँ टाेल र बस्तिहरुमा जनता र युवा पुस्ताहरुको राम्रो र उत्साह र साथ पाउदै गएको बताउनु भयाे। उहाँले समाजवादी पार्टीले जनताको विश्वास लाई साथ लिएर काम गर्ने बताए ।

कार्यक्रममा जिल्ला पार्टी सचिब पदम उप्रेती,सचिवालय सदस्यहरु उज्ज्वल खडका,राजु पाण्डे,देबराज कडेल,उत्तम श्रेष्ठ,ज्ञान बहादुर तामाङ,सिताराम थापा र सन्तोष थापाकाे उपस्थित रहेकाे थियाे। त्यस्तै,जिल्ला सदस्यहरु हरिजंग पाण्डे,चम्पा तामाङ,सीता पाेखरेल,काठमाडौ जिल्ला सदस्य प्रशान्त गाैतम,नुवाकोट-काठमाडौ सम्पर्क मञ्चका उपाध्यक्ष रमेश भेट्वाल,नुवाकोट-शिवपुरी सम्पर्क मञ्चका अध्यक्ष संजिब थापा,सचिब संगिता मोक्तान लगायतकाे कार्यक्रममा उपस्थिति रहेको थियो।

वडा भेलाले कुमार तामाङको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरिएको छ।कमिटीको उपाध्यक्षहरु सन्त बहादुरडंगोल,सन्तोष तामाङ र मुना डंगाेल रहेका छन् भने सचिव बद्री तामाङ,उपसचिवहरु: महेन्द्र श्रेष्ठ,सराेज पाण्डे,ज्ञानु तामाङलाई चयन गरिएको छ।
शिवपुरी गाउँपालिका कमिटीमा सुनखानीबाट शयाम पाण्डे,अशोक गुणि,लालसिङ तामाङ ,कृष्ण नेपाली,गाेकुल बहादुर गाेतामे,सुक बहादुर तामाङ,चन्द्र तामाङ,रामकृष्ण थपलिया,बिहारी पाण्डे,कल्पना श्रेष्ठ,प्रेम तामाङ,सुस्त्मिता नेपाली र सानु कुमार तामाङ लाई पठाउने निणय गरेको छ।

वडा पार्टीको काे प्रमुख सल्लाहकारमा चिरञ्जीवी पाण्डे लाई चयन गरेको छ। साथै युवा संघ नेपालकाे ७ नम्बर वडाकाे अध्यक्षमा सानु कुमार तामाङ लाई चयन गरिएको छ। वडा भेला कार्यक्रम राजु पाण्डेको सभापतिमा कार्यक्रम सम्पन्न भएकाे थियाे।


आईतवार, मंसिर १२ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार