नेकपा एस संगठन विस्तारमा,वेलकाेटगढि नपाका २५ युवा एसमा प्रवेश


नुवाकोट- नेपाल कम्युनिष्ट पार्टि एकीकृत समाजवादि नुवाकाेटले जिल्ला भरि संगठन विस्तार अभियानलाई तिव्रता दिएकाे छ।
नुवाकाेटकाे वेलकाेटगढि नगरपालिकामा संगठन विस्तार अभियान अन्तर्गत आज विभिन्न पार्टी परित्याग गरि युवाहरु नेकपा एकिकृत समाजवादि प्रवेश गरेका छन्। वेलकाेटगढि नगरपालिका वार्ड न १२ र १३ का युवाहरुकाे समूह आज नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादि प्रवेश गरेका हुन।
प्रवेश गर्ने युवाहरु पुष्प वाग्ले र सागर अधिकारिकाे नेतृत्वमा करिव २५ जना नेकपा एसमा प्रवेश गरेका हुन्।नेकपा एस प्रवेश गर्ने युवाहरुले बदलिदाे राजनितिक अवस्थामा लाेकतन्त्र र संविधान वचाउने अभियानमा माधव नेपालले खेल्नु भएकाे भुमिकाले साच्चै याे देशमा विधि, विधान र पद्धतिमा चल्ने राजनितिक दल नेकपा एकीकृत समाजवादिनै रहेकाे निष्कर्ष सहित आफुहरु अवकाे राजनितिक जीवन नेकपा एसमा लागेर समाजिक र राजनितिक गतिविधि अघि वढाउने अठाेट लिगेकाे वताए।

नेकपा एस निकट युवासंघ नेपालका केन्द्रीय उपमहासचिव राेशन थापाकाे पहलमा आज काठमाडौंमा केन्द्रिय अध्यक्ष माधव नेपालले युवाहरुलाई पार्टीमा स्वागत गरेका हुन्।कार्यक्रममा नेकपा एस कि पाेलिटव्युराे सदस्य तथा युवा ईन्चार्ज दिलुकुमारि पन्त लगाएतकाे उपस्थिति रहेकाे थियाे।


शनिबार, मंसिर ११ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार