माओवादी केन्द्र तारकेश्वरको अध्यक्षमा तामाङ


नुवाकोट-नेकपा माओवादी केन्द्र तारकेश्वर गाउँपालिका कमिटीको अध्यक्षमा सोमबहादुर तामाङ चयन हुनुभएको छ ।
शुक्रबार सम्पन्न पालिकाको दोस्रो सम्मेलनबाट तामाङको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत चयन गरिएको हो । समितिकाे तीन उपाध्यक्षमा जनकराज ढुङ्गाना, केशवप्रसाद रिमाल र बमबहादुर तामाङ रहनुभएको छ । त्यसैगरी सचिवमा बच्चुराम रिमाल, सहसचिवमा मानबहादुर तामाङ र कोषाध्यक्षमा सुशीला तामाङ चयन हुनुभएको छ ।

यसैगरी सम्मेलनले बिरबहादुर तामाङको अध्यक्षमा सात सदसीय सल्लाहाकार समिति चयन गरेको नव निर्वाचित अध्यक्ष सोम तामाङले जानकारी दिनुभयो ।कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य विमला सुवेदी,जिल्ला अध्यक्ष एवं प्रदेश सांसद हिरानाथ खतिवडा,संविधानसभा सदस्य राममाया बोगटी, जिल्ला नेता सुभद्रा न्यौपाने लगाएतको सहभागिता रहेको थियो । माओवादी केन्द्रले केही दिन अघि वडा सम्मेलन सम्पन्न गरी आज सनिवार देशव्यापी रुपमा पालिकाहरुको सम्मेलन गर्दैछ । तर केही पालिकाहरुमा भने स्थानीय निर्णयअनसुर अगाडि पछाडि भएको माओवादी केन्द्रले जनाएको छ ।


शनिबार, मंसिर ११ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार