विदुर-१२ मा समाजवादी पार्टीको भब्यताका साथ वडाकमिटि गठन


नुवाकोट- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादि (एस)ले विदुर नगरपालिका-१२ स्थित मालेभंज्याङमा आज वडा कमिटी गठन गरिएकाे छ।

समाजवादी नुवाकोटका जिल्ला अध्यक्ष गाेबिन्द नेपालीकाे प्रमुख आतिथ्यमा सम्पन्न भेलाले संजय रिमालकाे अध्यक्षतामा-२१ सदस्यीय वडा कमिटी गठन गरेकाे छ। वडा कमिटीकाे उपाध्यक्षमा कृष्ण नेपाली,सचिवमा रुपेश अर्याल चयन भएका छन्। वडा सदस्यमा केदार रिमाल, श्याम मिजार, काेपिला खतिवडा,शुशिल रिमाल,याेवन रिमाल,केशव खतिवडा,बलविर मिजार, शिव बहादुर मिजार,नर बहादुर मिजार,बिजश तामाङ,दिनेश रिमाल,सुरेश अर्याल,विनम भुजेल र हरिचन्द्र अर्याल रहेकाे समाजवादी पार्टी नुवाकोटका जिल्ला उपसचिव उद्वव पनेरुले जानकारी दिनुभएकाे हाे।

कार्यक्रममा केन्द्रीय परिषद सदस्य सुर्य बहादुर कडेल,समाजवादी पार्टी जिल्लाका आर्थिक विभाग प्रमुख रामकृष्ण राज भण्डारी, बुद्धिजीवी परिषदका संयाेजक रामहरी गजुरेल,जिल्ला कमिटि सदस्य,राममणी अधिकारी,दिपेश चित्रकार,कुमार खड्का,प्रदिप खतिवडा ,जमुना गजुरेल लगाएतकाे उपस्थित रहेकाे थियाे।
त्यसैगरी समाजवादी निकट अनेरास्ववियु सहसंयाेजक रमेश गिरी, अनेरास्ववियु बिधार्थी नेता राजेश अर्याल,समाजवादी पार्टीका कार्यलय सचिव केशव रिमाल लगाएत स्थानियबासिहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे छ।


शुक्रबार, मंसिर ३ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार