जबरजंग गणका नेपाली सेना जेष्ठनागरिककाे सेवामा


नुवाकोट- नेपाली सेनाकाे जबरजंग गणले देविघाटमा रहेकाे बृद्धाआश्रमका ३५ जना बृद्ध बृद्धालाई लक्षित गर्दै बुधबार खाना खुवाउने कार्यक्रम सम्पन्न गरेकाे छ।

विदुर नगरपालिका-५ स्थित देविघाटमा रहेकाे बृद्धा आश्रमका जेष्ठनागरिकहरु लाई लक्षित गर्दै एकदिने खाना खुवाउने कार्यक्रम सम्पन्न भएकाे हाे। आफनावाट हेलामा परेका र परिवारवाट अलग भई आश्रममा बसाेबास गर्दै आईरहेका जेष्ठनागरिकहरुकाे स्वास्थ्य स्थितिकाे पिहिचान गर्दै पाेषणयुक्त खाना खुवाएकाे जबरजंग गणले जानकारी दिएकाे हाे। सेनाले आश्रममा बस्दै आईरहेका जेष्ठनागरिकाे स्वास्थ्य अवस्थाकाे बारेमा सुचना लिनुका साथै उक्त स्थानकाे अवलोकन सहितकाे कार्यक्रम गरेकाे हाे।

साेही,कार्यक्रममा श्री नं.६ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रविन्द्र केसीले नेपाली सेनाले विगतमा पनि सेनावाट हुने सेवामूलक कार्यक्रमहरु हुदै आईरहेकाे जानकारी दिनुभएकाे छ। उहाँले नेपाली सेनाले देश र नागरिकप्रति सेनाले आफनाे काम कर्तव्यकाे सधै अनुशासित ढङ्गले पालना गर्दै आईरहेकाे जानकारी समेत दिनुभएकाे छ।

त्यसैगरी जबरजंग गणका गणपति प्रमुख सेनानी अरुण कार्कीले नुवाकोटमा कार्यरत नेपाली सेनाको जबरजंग गणले जिल्लाकाे विभिन्न स्थानहरुमा सेवामुलक कार्य गर्दै आएकाे जानकारी दिनुभएकाे छ। गणपति कार्कीका अनुसार विगतका दिनमा गणले विभिन्न पालिकाहरुमा निशुल्क स्वास्थ्य शिविर समेत संचालन गरेकाे बताउनु भयाे। उहाँका अनुसार जिल्लामा परेकाे विपतजाेखिमका कार्यदेखि दुर्घटनामा परेका नागरिकको उद्वार,आगलागी नियन्त्रण,बाढीपहिराेमा फसेका नागरिककाे तत्काल सहयोग लगाएतका विभिन्न कार्यहरुमा नेपाली सेनाले सहयोग गर्दै आएकाे बताउनु भयाे।

वृद्ध आश्रमका अध्यक्ष विष्णु नेपालले नेपाली सेनाले जनताप्रति गरेकाे काम,कर्तव्य सधै उल्लेखनीय र उच्चस्तरीय रहेकाे बताउदै जेष्ठनागरिकहरुकाे लागि सद्भभाव प्रकर्ट गर्दै पाेषणयुक्त खाना खुवाउने कार्यक्रम आश्रममा गरिदिदा घरपरिवारवाट टाढाभई यहि बस्ने जेष्ठनागरिकहरुका लागि प्रेरणादायी कार्य रहेकाे बताउनु भयाे। उहाँले यी सेवामुखि कार्यक्रमहरुले अझै सेनाप्रति नागरिकको बिश्वास झनै बलियाे र बढ्दै जाने बताउनुभयाे।


बिहीबार, मंसिर २ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार