वेलकाेटगढि नगरपालिकामा संगठन विस्तार गर्दै नेकपा एस


नुवाकोट-नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (एस)ले वेलकाेटगढिमा संगठन विस्तार अभियान चलाउन सुरु गरेकाे छ।
नेपाल कम्युनिष्ट पार्टी एस नुवाकाेटकाे दाेश्राे पुर्ण वैठकले निर्णय गरे वमाेजिम वडा तहहरुमा संगठन निर्माण अभियान अन्तर्गत वेलकाेटगढि नगरपालिकामा वडा अधिवेशन तथा भेला गर्न लागिएकाे जिल्ला कमिटि सदस्य तथा मजदुर ईन्चार्ज नारायण प्रसाद नेपालले जानकारि दिए। वेलकाेटगढि नगरपालिका भित्र रहेका जिल्ला कमिटिका सदस्यहरु सहितकाे भेलाले वडा भेलाकाे स्थान र मिति चयन गरेका नेपालले बताए।
निर्णयअनुसार मंसिर ५ गते वडा न १३ मा,मंसिर ११ गते वडा न १२ मा,मंसिर १३ गते वडा न ९ मा,मंसिर १४ गते वडा न ८ मा ,मंसिर १७ गते वडा न ७ मा,मंसिर १८ गते वडा न ५ मा,मंसिर,२२ गते वडा न ६ मा र मंसिर २५ गते वडा न २ मा वडा भेला गरिने अनेरास्ववियूका सह-संयाेजक प्रदिप नेपालले जानकारी दिए। त्यसैगरि नगरपालिकाकाे सम्पर्क कार्यालय बाघखाेरमा खाेलिने नेकपा एसका जिल्ला कमिटि सदस्य तथा प्रचार प्रमुख भाेलाराज पाैड्यालले जानकारि दिए।


सोमबार, कार्तिक २९ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार