नुवाकोट-नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादिले तादी गाउँपालिका-२ स्थित रालुकामा आज वडा कमिटी गठन गरिएकाे छ।
नेपाल कम्युनिष्ट पार्टी एसका पाेलिटव्युराे सदस्य तथा नुवाकोट ईन्चार्ज राेजन्द्रप्रकाश लाेहनीकाे प्रमुख आतिथ्यमा सम्पन्न भेलाले विरवहादुर तामाङकाे अध्यक्षतामा ४३ सदस्यिय वडा कमिटि गठन गरेकाे छ। वडा कमिटीकाे उपाध्यक्षमा वालकृष्ण श्रेष्ठ र सम्वतकुमार कार्की रहेका छन् भने सचिवमा नवराज तामाङ, उपसचिवमा सुसान्त श्रेष्ठ र कर्म तामाङ लाई चयन गरेकाे छ।
साथै भेलाले युवासंघ नेपाल वडा कमिटि समेत आजै गठन गरेकाे छ। युवासंघ वडा कमिटि अध्यक्षमा सुर्य तामाङ, उपाध्यक्षमा रेशम तामाङ र सचिवमा बिरेन्द्र तामाङ र सहसचिवमा प्रवेश तामाङ चयन भएका छन्।कार्यक्रममा आफना धारणा राख्दै नेपाल कम्युनिष्ट पार्टी समाजवादी (एसका) का पाेलिटव्युराे सदस्य तथा नुवाकोट ईन्चार्ज राेजन्द्रप्रकाश लाेहनी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादि जिल्ला कमिटी सचिव पदम उप्रेती, उपसचिव अर्जुन श्रेष्ठ ,वागमति प्रदेश सदस्य यमकुमार खाति,केपि लामिछाने, जिल्ला कमिटी सदस्य वसन्त बस्नेत,युवासंघ जिल्ला अध्यक्ष सुरेश अधिकारी लगाएतले मन्तव्य राखेका थिए। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि समाजवादीमा प्रवेश गरेका छन्।
बुधबार, कार्तिक २४ २०७८ मा प्रकाशित