नेकपा एकीकृत समाजवादीकाे विदुर-३ मा वडा कमिटि गठन


नुवाकोट-नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादिले विदुर नगरपालिका-३ स्थित खड्कभञ्याङमा आज वडा कमिटी गठन गरिएकाे छ।
नेपाल कम्युनिष्ट पार्टी एसका केद्रिय प्रतिनिधि परिषद सदस्य सुर्य वहादुर कडेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले ठाकुर भुजेलकाे अध्यक्षतामा १५ सदस्यिय वडा कमिटि गठन गरेकाे छ। वडा कमिटीकाे उपाध्यक्षमा वलराम अधिकारी र सचिवमा साजन राईलाई चयन गरेकाे हाे।

साथै भेलाले युवा संघ नेपाल वडा कमिटि पनि गठन गरेकाे छ। युवा संघ नेपाल विदुर नगरपालिका वडा न ३ युवाकाे अध्यक्षमा विकास खड्का,उपाध्यक्षमा दिपेन सुनार र सचिवमा सुदिप अधिकारी चयन भएका छन्। कार्यक्रममा वागमति प्रदेश सदस्य यमकुमार खाति,नेकपा एकीकृत समाजवादि जिल्ला कमिटि उपसचिव उद्धव पनेरु,सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमुख रामकृष्ण राज भण्डारी, वुद्धिजिवि ईन्चार्ज रामहरी गजुरेल, कार्यालय सचिव केशव रिमाल,युवा विभाग प्रमुख दिपेश चित्रकार, सचिवालय सदस्य उत्तम श्रेष्ठ,प्रकाश नेपाल लगाएतकाे उपस्थिति कार्यक्रम जिल्ला कमिटि सदस्य केशव खड्का (कुमार) काे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे।

कार्यक्रममा केन्द्रीय परिषद सदस्य सुर्यवहादुर कडेल,वागमति प्रदेश सदस्य यमकुमार खाति,जिल्ला कमिटि उपसचिव उद्धव पनेरु,आर्थिक विभाग प्रमुख रामकृष्ण राजभण्डारि, वुद्धिजिवि ईन्चार्ज रामहरी गजुरेल, सचिवालय सदस्य प्रकाश नेपाल लगाएतले मन्तव्य राखेका थिए।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५३ जना समाजवादीमा प्रवेश गरेका छन्।


आईतवार, कार्तिक २१ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार