नगरप्रमुख पण्डितद्वारा त्रिशूली अस्पतालमा सेनेटरी प्याड र प्याडभेन्डिङ मेसिन हस्तान्तरण


नुवाकोट-विदुर नगरपालिकाका नगर प्रमुख सन्जु पण्डित द्धारा त्रिशुली अस्पताल लाई सहयोग स्वरुप सेनेटरी प्याड सहित सेनेटरी प्याडभेन्डिङ मेसिन आज अस्पतालकाे प्राङ्गणमा उपस्थिति भई हस्तान्तरण गरिएकाे छ।

नगर प्रमुख पण्डितले महिलाहरु लाई महिनावारी भएका बेलामा अस्पतालका बिरामी ,बिरामी कुरुवा तथा अस्पतालका कर्मचारीहरु लाई सजिलो हाेस् भन्ने उदेश्यले सेनेटरी प्याड मेसिन (भेन्डिङ) वितरण गरिएकाे उहाँले बताउनु भयाे। उहाँले अस्पताल लाई १६ हजार पिस सेनेटरी प्याड वितरण गरिएकाे बताउनु भयाे। उहाँका अनुसार महिनावारीकाे समयमा अस्पतालमा आँउदा हाेस यात बिरामी कुर्दाकाे अवस्थामा यदि काेहि महिनावारी भएर प्याडकाे आवश्यक पर्दा नपाईरहेकाे अवस्था र तत्काल आवश्यक पर्दा पनि जतिखेर पनि उपलब्ध हुने सेनेटरी प्याड सहित भेन्डिङ मेसिन सहित वितरण गरिएकाे जानकारी दिनुभयाे।

साथै उहाँले आफनाे नगरपालिकामा सुविधा सम्पन्न यति राम्रो अस्पताल हुदा जनताले आफनाे उपचार गराउन धाएर काठमाडौ जान पर्नि बाध्यतालाई कम गर्ने उदेश्य सबै नेतृत्वले राख्नुपर्निमा समेत जाेड दिनभएकाे छ।उहाँले अझै अस्पतालमा आएका बिरामीहरुका लागि उपचारमा कुनै कमि नहाेस् भन्दै हरेक उपचारकाे प्रक्रियामा सुदृढीकरण गर्दै अझै सुविधासम्पन्न अस्पताल बनाउन सबैकाे पहल हुनु पर्ने बताउनु भयाे।

विदुर नगरपालिकाकाे सहयोग र नगर प्रमुख पण्डितकाे पहलमा अस्पतालमा आएका बिरामी बिरामी कुरुवा र अस्पतालमा कार्यरत कर्मचारी महिलाहरुका लागि महिनावारी भएकाे अवस्थामा प्रयाेग गर्ने सेनेटरी प्याड र प्याड उपलब्ध हुने भेन्डिङ मेसिन सहित अस्पताललाई वितरण गरिएकाे अस्पतालका डा.दिपेन्द्र पाण्डेले जानकारी दिनभयाे।
डा. पाण्डेले अस्पतालमा आएका महिला सेवाग्राहीहरु लगाएत अन्य काममा अस्पतालमा उपस्थित भएका महिलाहरुकाे लागि सेनेटरी प्याड र भेन्डिङ मेसिन सहयोग गरिदिएकाेमा नगरपालिका कार्यलय र नगर प्रमुख पण्डितलाई धन्यवाद दिदै उपचारमा आउने हरेक महिलाहरुले आजैदेखि निशुल्क सेनेटरी प्याड उपलब्ध गराईएकाे उहाँले बताउनु भयाे।


मंगलवार, कार्तिक १६ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार