नुवाकोट- एकीकृत समाजवादी नुवाकोट-काठमाडौं सम्पर्क मञ्चद्धारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौंको नेपालटारस्थित एबि पार्टी प्यालेसमा शनिबार सम्पन्न भएको छ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादि समर्थित मन्चकाे भेलाले विदुरका राजु कडेलकाे अध्यक्षतामा १०१ सदस्यीय कमिटि घाेषणा गरिएकाे हाे। त्यसैगरी उपाध्यक्षमा बेलकाेटगढिकी गाेमा आले खनाल, सुर्यगढिका दिपक तामाङ, शिवपुरीका गाेकर्ण थापा चयन भएका छन् भने कमिटिकाे सचिवमा ककनिका सुदर्शन जिसि चयन भएकाे हुन्। त्यसैगरी युवासंघ नेपाल सम्पर्क कमिटि पुनर्गठन गरिएकाे छ जसमा श्रीकृष्ण अधिकारीकाे अध्यक्ष रहनुभएकाे कमिटिकाे सचिवमा विदुरका जनक धिताल चयन हुनुभएकाे हाे। त्यसैगरी उपसचिवमा सुर्यगढीका बिराज बिश्वकर्मा, पञ्चकन्याका रुपेश कार्की र शिबपुरीका निरज थापा सहित २१ सदस्य कमिटी घाेषणा गरीएकाे छ।
कार्यक्रममा नुवाकोटका १२ वटै स्थानियतहका विभिन्न पार्टी परित्याग गरी सयाैंकाे संख्यामा नेकपा एस प्रवेश गरेका छन्।
कार्यक्रममा एकीकृत समाजवादी नुवाकोटका संयोजक गोबिन्द नेपाली, पूर्व सांसद एवं पोलिटब्युरो सदस्य राजेन्द्र प्रकाश लोहनी, नुवाकोट जिल्ला पार्टी सचिवालय सदस्य शान्ता अधिकारी, प्रदेश कमिटी सदस्य अच्युत पाण्डे, सुर्य कडेल, केपी लामिछाने , युवासंघ केन्द्रीय उपमहासचिव राेशन थापा, नुवाकोट ईन्चार्ज उद्वव पनेरु, युवासंघ नुवाकोट जिल्ला संयाेजक सुरेश अधिकारी, युवासंघ केन्द्रीय सदस्य दिपेश चित्रकार ,बिकल केसी लगाएत नेता कार्यकर्ताहरुकाे उपस्थिती रहेको थियो।
शनिबार, कार्तिक १३ २०७८ मा प्रकाशित