विदुर-५ गगंटेवाट ३ लाख ५२ हजार नगद सहित तासकाे खालवाट वडा अध्यक्ष सहित नाैं जना पक्राउ


नुवाकोट- विदुर नगरपालिका-५ स्थित गगंटेमा तासकाे खालवाट वडा अध्यक्ष सहित नाैं जनालाई प्रहरीले आज साँझ पक्राउ गरेकाे छ।
विदुरकाे गगंटेमा तास खेलाई रहेकाे अवस्थामा नाैं जना पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी नायव उपरीक्षक हरि ओलिले जानकारी दिनुभएको हाे। प्रनाउ ओलिका अनुसार साँझकाे माैका छाेपी लाखौं रुपैया तासको खालमा राखी तास खेलिरहेकाे अवस्था वाट पक्राउ गरिएकाे उहाँले बताउनु भयाे। पक्राउ पर्नेहरुमा तास खेलाउने घरबेटि सहित सुर्यगढी गाउँपालिका-५ का वडा अध्यक्ष भैरव अधिकारी,कृष्ण बिक, राजु पन्त,मछिन्द्र परियार ,सन्तोष त्रिपाटी,केशव प्रसाद पन्त,पदमसिङ् धामी र भारतिय नागरिक ईश्वर गुप्ता गरि जम्मा नाैं जना पक्राउ गरि आवश्यक अनुसन्धान सहित मुद्वा दर्ताकाे तयारी रहेकाे प्रहरीकाे भनाइ रहेकाे छ।


बिहीबार, कार्तिक ११ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार