समाजवादी पार्टी नुवाकोटको जिल्ला इन्चार्जमा लोहनी


नुवाकोट- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नुवाकोटको जिल्ला इन्चार्जमा राजेन्द्र प्रकाश लोहनी चयन भएका छन् ।
लाेकप्रिय नेता लोहनी केन्द्रीय सदस्य सहित जिल्ला इन्चार्ज चयन भएका हुन् । नेकपा एमाले विभाजन पछि बनेको नेकपा (एस) मा गएका उनलाई पार्टीको केन्द्रीय सदस्यसहित कमिटीको बैठकले जिल्ला इन्चार्जमा चयन गरेको हो ।
लोहनी जिल्ला इन्चार्जमा नियुत्त भएसँगै अब नेकपा समाजवादी नुवाकोटले पालिकास्तरमा समेत नेतृत्व टुङ्गाउने तयारी गरेकाे छ।


आईतवार, आश्विन ३१ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार