बेलकोटगढी दिनाैं विवाद्वित ,सार्वजनिक जग्गामा प्राकृतिक दोहन,बालुवाकाे चलखेल


नुवाकोट-नुवाकोटको बेलकोटगढी नगरपालिका स्थित गल्छी-त्रिशुली सडकखण्डको छेउमा वडाको सिफारिसमा भइरहेको प्राकृतिक दोहनमा स्थानीय प्रहरी चौकीका सही दिपेन्द्र चौधरी र वडा नम्बर ७ का वडाध्यक्ष हेमनिधि नेपालको पनि हात रहेको पाइएको छ ।

नगरपालिकाको वडा नं. ७ स्थित २६ काँला भन्ने ठाउँ‌मा घडेरी खार्ने भन्दै स्थानीय लाई जथाभावी सिफारिस बनाएर लाखौंको राजश्व उठ्ने बालुवाजन्य सामग्री कर छलि गर्दै वडाध्यक्ष नेपाल र सहि चौधरी सहित भएर बालुवा तस्करी गरेको पुष्टि भएको छ ।
जथाभावी रातको समयमा लुकिछिपि भएको उत्खनन्ले राष्ट्रिय गौरवको गल्छी त्रिशुली मैलुङ सडकखण्डलाई प्रभाव पारेको छ।आयोजनाको मेसिनरी वाल नै भत्काएर उत्खनन गरिएको छ ।
उक्त उत्खनन गरिएको ठाउँमा सार्वजनिक जग्गा पनि मिचिएको पाइएको छ । सार्वजनिक जग्गा नै मिचेर प्राकृतिक दोहन हुँदा पनि प्रहरी र वडाध्यक्षको मिलेमतो हुनु गलत भएको स्थानीय बताउँछन् । स्थानीय प्रहरी चौकीका सहि दिपेन्द्र चौधरीले उक्त कार्य गलत भएको बताउँदै आएतापनि कमिसन खाएको इमानदारीताले प्राकृतिक दोहनको बिरोध गर्न भने सकेका छैनन् ।

‘घडेरी खार्ने नाममा त्यहाँ गलत भएको छ’, सहि चौधरीले भने ‘ मेरो यो तस्करीको काममा मिलेमतो छैन्, म डिएसपी साबलाई र सीडीयो साबलाई जानकारी गराउँछु र वडामा पनि जानकारी गराउँछु ।’

उनले आफू तस्करीमा समेल नभएको दावी गरे पनि तस्करी रोक्न भने सकेका छैनन्। डिएसपी र सीडीयोलाई जानकारी गराएको भनेर सहि चौधरीले कतै पनि केहि जानकारी नगराएको पाईएको छ ।


सोमबार, आश्विन २५ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार