पिपलटारमा क्लव स्तरिय फुटवल प्रतियाेगितामा काेलनि युथ सर्कल बिजयी


नुवाकोट-लामीबगैंचा सामाजिक युवा क्लव पिपलटारकाे आयाेजनामा असाेज १५ देखि सन्चालित क्लव स्तरिय फुटवल प्रतियाेगिता आज सम्पन्न भएकाे छ।

विदुर नगरपालिका -५ स्थित पिपलटारमा रहेकाे स्थानिय खेलमैदानमा आज फाईनल खेल सम्पन्न भएकाे हाे। विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नुवाकाेट जिल्ला फुटवल संघका अध्यक्ष दिपक चित्रकार, संघका उपाध्यक्ष उद्धव पनेरुकाे विशेष आतिथ्यता रहेकाे थियाे।

कार्यक्रमकाे अध्यक्षता क्लवका अध्यक्ष सुजन गजुरेलले गरेका थिए। समाजसेवि तथा उधाेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गिता अमात्य ,चन्द्रज्याेति मा वि का प्रअ माेतिराम न्याैपाने समाजसेवि छत्र डंगाेल, रामहरि गजुरेल,जालपा क्लवका अध्यक्ष दिपेश चित्रकार ,एन्फा नुवाकाेट सदस्य राजेन्द्र खतिवडा लगाएतकाे उपस्थिति रहेकाे थियाे।

लिगकम नकआउटका आधारमा खेलाईएकाे प्रतियाेगितामा काेलनि युथ सर्कलले गड्खार जन जागरण युवा क्लव लिखुलाई ०-३ गाेल अन्तरले पराजित गर्दै ४१ केजि खसी, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ।

त्यसैगरी उपविजेता गड्खारले २२ केजिकाे वाेका, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेकने आयाेजकलृ जानकारी दिएको छ।विजेता उपविजेता तथा विधागत विजेताहरु लाई प्रमुख अतिथि सन्जु पण्डित लगाएत विशेष अतिथि र अतिथिहरुले पुरस्कार वितरण गरेका थिए।


बिहीबार, आश्विन २१ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार