कार्डसनका अध्यक्ष उप्रेती मार्फत त्रिशुली अस्पताललाई ४२ लाखको सहयोग


नुवाकोट-सामुदायिक तथा ग्रामिण बिकास समाज नेपाल कार्डसनले त्रिशुली अस्पताललाई ४२ लाख रुपैयाँ बरारबको स्वास्थ्य उपकरण तथा सामाग्री हस्तान्तरण गरेको छ ।
कार्डसनले सञ्चालन गर्दै आएको परियोजना मार्फत जापान प्ल्याटफर्मको आर्थिक सहयोगमा भेन्टिलेटर २ थान, आईशियु बेड २ थान सहित सम्पुर्ण उपकरण र स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।
कार्यक्रममा बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले स्थानिय स्तरमा रहेका सबै सामाजिक संघ संस्थाहरुको सहकार्यलेनै संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सहज हुने बताउनु भयो । कार्डसन मार्फत उपलब्ध भएको स्वासथ्य सामाग्रीले नुवाकोट, रसुवा र धादिङका केहि नागरिकहरुले गुणस्तरिय सेवा लिने अबसर पाएको उहाँले बताउनु भयो । उपलब्ध भएको स्वासथ्य सामाग्रीको संरक्षण र सदुपयोगको लागी नगरपालिकाले त्रिशुली अस्पतालसँग सहकार्य गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनु भयो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा कार्डसनका अध्यक्ष पदम उप्रेतीले सामाजीक संस्था माथी समुदायका नागरिकह्रुले अनाबश्यक टिका टिप्पणी गर्ने गरेको बताउनु भयो । सामाजिक कार्यमा शक्रिय रहेको संघ संस्थाहरुलाई समुदायका केपह नागरिकहरुले हर्ने नजर फरक रहेकाले आफैबाट त्यसको सुरुवात गरेृको बताउनु भयो । त्रिशुली अस्पताललाई उपलब्ध गराएको स्वासथय सामाग्रीको क्रयमुल्यसहित पारदर्शि रुपमा सामाग्री हस्तान्तरण गरेको उहाँले् बताउनु भयो ।

यस्तै, कार्डसन मार्फत उपलब्ध भएको सामाग्री बुझ्दै त्रिशुली अस्पताल बिाकस समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानलेले उपलब्ध श्रोतथ र साधनहरुलाई अधिकतम प्रयोग गर्दै नागरिकहरुको सेवामा अस्पताल तत्पर रहेको बताउनु भयो । तिन जिल्लाका नागरिकह्रुले उपचारको सेवा लिने अस्पतालको रुपमा त्रिशुली अस्पताल बिकास भैसकेकाले कार्डसन मार्फत उपलब्ध भेन्टिलेटर र आईशियु बेडलाई कोरोनाको तेश्रो वेभको तयारीको रुपमा रहेको बताउनु भयो ।

कार्यक्रममा त्रिशुली अस्पताल नुवाकोटका मेडिकल सुपरिटेण्डन डक्टर दिपेन्द्र पाण्डेले त्रिशसली अस्पताल अहिले कोरोनाको तेश्रो वेभको तयारीमा रहेको बताउनु भयो । हाल अस्पतालमा मौज्दात सामाग्रीहरुको प्रयोग र त्यसका लागी जनशक्ति ब्यबस्थापनमा शक्रिय रहेको बताउनु भयो । कोरोनाबाट हुन सक्ने संभाबित प्रभाबको मुल्याङकन गर्दै उपलब्ध सामाग्रीहरुको अधिकतम प्रयोग गर्नेमा अस्पताल प्रशासन जुटेको बताउनु भयो ।

कार्डसनले त्रिशुली अस्पताललाई ४२ लाख रुपैयाँ भन्दा माथीको सामाग्री उपलब्ध गराएको छ । जापान प्लयाटफर्मको आर्थिक सहयोगमा सान्ति भोलेन्टियर एशोसिएसन, र सामुदायिक तथा ग्रामिण बिकास समाज नेपाल कार्डसन मार्फत उक्त सामाग्री उपलब्ध गरार्यएको हो । यस्तै गरि कार्डसन मार्फत नुवाकोटको तादी गाँउपालिकामा रहेको खरानिटार अस्पताल र शिबपुरी अस्पतालमा समेत केहि स्वास्थ्य सामाग्री तथा उपकरणहरु उपलब्ध गराएको छ। यस्तै, धादिङ जिल्ला अस्पतालमा समेत उक्त सामाग्री उपलब्ध गराएको कार्डसनका परियोजना संयोजक बिशाल गौतमले जानकारी दिनु भयो ।


शनिबार, आश्विन ९ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार