लाेकगायक पाैडेल राष्ट्रपतिवाट सम्मानित


गीत सँगितको माध्यम बाट जनतालाइ चेतना फैलाउन महत्वपुर्ण भुमिका खेले बापत लोक गायक नवीन पौडेलले नेपाल सरकार बाट पदक प्राप्त गरेका छ्न्।

अन्तरास्ट्रिय कलाकार मन्च नेपालकाका उपाध्यक्ष समेत रहेका चर्चित लोक दोहिरी गायक नवीन पौडेल लाई नेपाल सरकारको सिफारिसमा सम्माननिय रास्ट्रपति द्वारा प्रबल जनसेवाश्री चतुर्थ मानपदबी ले सम्मानित गरिएको छ।सम्बिधान दिवस को अबसर पारेर विभिन्न क्षेत्रमा योगदान गर्ने ब्यक्ती ब्यक्तित्वहरु लाइ सम्मान गर्ने गरिन्छ।

साँगितिक क्षेत्रमा उल्लेखनिय कार्यगरे बापत गायक नवीन पौडेल लाई सम्मान गरिएको हो। उनले जनचेतनामुलक, समय सापेक्ष, यथार्थपरक, महिला मुक्तिका गीत सङ्गीत मार्फत जनतामा चेतना भर्नमा उल्लेखनीय योगदान गरेका छन्। उनका गीतले के बालक के बृद्धअबस्था, के युवायुवती सबैको मन जितेको हुन्छ। समाजका बिकृती बिसँगती अन्याय अत्याचारका बिशयबस्तुलाइ गीतमा उतारेर जनताको मन जित्न सफल गायक नबिन पौडेलले नेपालका करिब पैसठ्ठी जिल्ला र बिश्वका तीन दर्जन बढी देशको साँगितिक भ्रमण गरेर नेपाली कला सँस्कृती लाई बढावा दिनमा निक्कै ठुलो योगदान गरेका छन। यस अघि पचास हजार राशिको नुरगँगा प्रतिभा पुरस्कार लगायत विभिन्न संघ सस्थाहरु बाट पुरस्कृत एबम म्युजिक अवार्डहरु प्राप्त गरिसकेका छन। उहाँले “ए हजुर सुन्नुभाछर, श्रीनगर बतासे डाडैमा, हरेक जातजाति छौँ नानाथरी, आजै भेट भाको पोखरा आको, जान्न मत त्यो घर, फुलेको तोरिलाई बैँस आको छोरिलाइ, लेउ खुकुरी लेउ” लगायतका यथार्थपरक एबम समय सापेक्ष गीतहरु निकै नै चर्चित भैसकेका छन्।

स्टेजमा गैसके पछि हजारौँ दर्सक लाई आफुतिर आकर्सित गराउन सक्ने क्षमता भएकोले दर्सक श्रोता बाट स्टेज किङको उपधी समेत पाउन सफल भएका पौडेल प्रस्तोता समाज नेपाल, रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालका केन्द्रिय सदस्य रहि सकेका छन्। पौडेलले शब्द लय अनि सँगीत आफैले श्रीजना गर्ने र स्वर भर्ने क्षमता राख्छन्।


बुधबार, आश्विन ६ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार