नुवाकोटका ट्राफिक प्रमुख बिष्ट प्रदेश कार्यालय तानिए


नुवाकोट-जिल्ला ट्राफिक कार्यालय नुवाकोटका सई सुरेन्द्र बिष्टलाई बागमती प्रदेश ट्राफिक कार्यालय तानिएको छ ।

बागमती प्रदेश ट्राफिक कार्यालय इन्चार्ज प्रहरी उपरीक्षक शान्ति राज कोइरालाले बिष्टको काज सरुवा गर्दै प्रदेशमा तानेका हुन् । बिष्टको बिरुद्धमा अत्याधिक उजुरी परेपछि काज सरुवा गरिएको एस्पी कोइरालाले बताए ।

नुवाकोटमा कार्यरत बिष्टलाई नुवाकोटमा बस्न उपयुक्त नलागेको, इच्छा नलागेको र विष्टका विभिन्न समस्याका कारण बागमती प्रदेश कार्यालयमा तानिएको एस्पी कोइरालाले जानकारी दिए । स्थानियहरुसंग रुखाे व्यवहार ,नागरिकका समस्या लाई ट्राफिक डियुटिहाे भन्दै पेल्नि,असव्य अनि छुद्र बानिका कारण बिष्टलाई नागरिकहरुले मन नपाराउने देखिन्छ।
अब नुवाकोटमा विष्टको ठाउँमा सन्तोष पोखरेल आउने एस्पी कोइरालाले बताए ।


शुक्रबार, भाद्र २५ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार