नुवाकोटकामा एमसीसीको बिरुद्धमा गरे प्रदर्शन


नुवाकोट- एमसीसी बिरुद्ध नुवाकोटमा युवाहरुले विराेध प्रदर्शन गरेका छन्।
नेकपा एकीकृत समाजबादी र नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता र विद्यार्थीहरुले बट्टार स्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पस अगाडि प्रदर्शन तथा खबरदारी कार्यक्रम सम्पन्न गरेका हुन् ।

देशलाई विदेशी हस्तक्षेप बाट बचाउँन नेपालीहरु एक भएर एमसीसी विरुद्ध आवाज उठाउदै विराेध गर्न आव्हान गर्दै मुलुकमा बढ्दाेरुपमा भएकाे भ्रष्टाचार न्यूनिकरण गर्नसके देशके विकासका लागि विदेशीको मुख ताक्नुपर्ने अवस्था नआउने भन्दै नेकपा एकीकृत समाजबादीका नेता उद्वव पनेरुले एमसीसी परियोजना खारेज गरेर भ्रष्टाचार नियन्त्रण गर्नेतर्फ लाग्नुपर्ने बचाउनु भयाे।

उहाँले एमसीसी परियोजना कार्यान्वयनमा आए मुलुकको राष्ट्रियता र स्वाधीनतामा गम्भीर असर पर्ने भन्दै तत्काल सरकारकाे नेतृत्वमा बसेका नेताहरुले एमसीसी परियोजना खारेज नगरे देशमा ठूलो आन्दोलन हुने चेतावनी समेत दिएका छन्। राष्ट्रघाती एमसीसी विरुद्ध आमजनसमुदायले खबरदारी जारी राख्नुपर्ने आजकाे मुख्य आवश्यकता रहेकाे उहाँले बताउनु भयाे।

त्यस्तै,विद्यार्थी नेता प्रदिप कुमार भट्टले विदेशीकाे हातवाट देश जाेगाएर नेपाली हुनुकाे अस्तित्व बचाउन सबै नेपालीहरु अब जागरुप हुनुपर्ने समय देखिएकाे बताउनु भयाे।

प्रदर्शनमा सहभागीहरुले परियोजना नेपालको हित विपरीत रहेको भन्दै खारेजी हुनु पर्ने बताएका थिए ।


मंगलवार, भाद्र २२ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार