समाजवादीमा शिवपुरी गाउँपालिकावाट ८ जनाले गरे सनाखत


नुवाकोट-शिवपुरी गाउँपालिका बाट २ जना वडा अध्यक्ष सहित ८ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्।

जिल्लाको पुर्वि भेगको शिवपुरी गाउँपालिकामा स्थानीय निर्वाचनमा नेकपा एमाले बाट निर्वाचित ८ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका हुन्। वडा नं. ५ का वडा अध्यक्ष सिताराम थापा, वडा नं. ८ का वडा अध्यक्ष पदम बहादुर थपलिया र वडा सदस्यहरु सन्तोष थापा, ज्ञान बहदुर तामाङ, कुमारी बि क ठुलीमाया तामाङ,शर्मिला सुनवार र लक्ष्मी मिजार रहेका छन् ।
जिल्ला निर्वाचन कार्यलय विदुरमा ८ जना जनप्रतिनिधिहरुले नेकपा एकीकृतमा सनाखत गरेको शिवपुरी वडा न ४ का वडा सदस्य सन्तोष थापाले जानकारी दिए।


सोमबार, भाद्र २१ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार