वित्तीय साक्षरताले आत्मनिर्भर बन्न सिकायाे


नुवाकोट-सुलक्षणा वित्तीय साक्षरता तथा मनाेसामाजिक परामर्श कक्षाकाे अनुगमन तथा मुल्यांकन कार्यक्रम शनिवार सम्पन्न भएकाे छ।
विदुर नगरपालिका-९ स्थित आँगापुटारमा २४ हप्ता सम्म सञ्चालित हुने समुहकाे २२ हप्ता पूरा भईसकेकाे विषय वस्तुमा आधारित रहेर सुलक्षणा वित्तीय साक्षरता समुहकाे नगर प्रमुख सन्जु पण्डितद्वारा अनुगमन तथा मुल्यांकन गर्नुभएकाे हाे।

नेपाल सरकार र स्वीस सरकारकाे द्विपक्षीय सम्झाैता अनुसार श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकार विदुर नगरपालिकाकाे नेतृत्व तथा हेल्भेटास नेपालकाे प्राविधिक सहयाेगमा सञ्चालित सुरक्षित आप्रवासन परियाेजना (सामी) अन्तरगतकाे वित्तीय साक्षरता कार्यक्रमकाे प्राविधिक साझेदार संस्था डिप्राेक्स- नेपालले गरेकाे हाे। वैदेशिक राेजगारमा गएका व्यक्तिका परिवारका सदस्य लाई लक्षित गरी सञ्चालित सुलक्षणा वित्तीय साक्षरता तथा मनाेसामाजिक परामर्श कक्षाकाे शनिवार सत्र २२ काे वारेमा छलफल तथा अनुगमन सम्पन्न भएकाे थियाे।

विदुर नगरपालिकाका नगर प्रमुख सन्जु पण्डितकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वित्तीय साक्षरता तथा मनाेसामाजिक परामर्शकाे विषयमा छलफल समेत भएकाे थियाे। समुहकाे सदस्य तथा सहभागि रमा अधिकारीले आफनाे वडामा सञ्चालित वित्तीय साक्षरता समुहवाट आफुहरुले धेरै कुराकाे ज्ञान, सीप र याेजनाकाे विषयमा जानकार भएकाे बताउन भयाे। उहाँले यस समुहवाट सिकेका ज्ञानलाई व्यवाहारमा पनि लागू गर्नुपर्नि बताउदै वित्तीय साक्षरता कक्षावाट आपतकालिन काेष किन बनाउन पर्निरहेछ, बजेट केहाे? बचत किन गर्नुपर्ने रहेछ, ऋृण लिदा सेवा प्रदायक संस्था कसरी छनाेट गर्नु पर्छ, विप्रेषणकाे सहि सदुपयाेग कसरी गर्ने र वैदेशिक राेजगारकाे कमाई लाई मात्र आम्दानीको श्राेत नवनाई आफुले पनि आम्दानी बढाउन सक्ने कामहरु गर्नु पर्दछ भन्ने कुराहरुकाे ज्ञान पाएकाे बताउनु भयाे।

त्यस्तै,सहभागी बिमला बस्नेतले यस परियाेजनाले दिएका सुचनाले आत्मनिर्भर बन्ने हाैसला मिलेकाे बताउन भयाे। वैदेशिक राेजगारीमा गएका आफन्तहरु लाई समस्य पर्दा कसरी समाधान गर्नु पर्नि रहेछ, विदेश जानू अगाडि नै सहि सुचना लिएर ,सीप सिकेर मात्र जान पर्नि कुराहरु थाँहा भएकाे बताउनु भयाे।

समुहमा सहभागिहरुले नगर प्रमुख पण्डित समक्ष आफनाे टाेल बस्तिका समस्य र त्यसकाे न्युनिकरणका लागि सबैजानाले आ-आफना धारणा राखेका थिए। सहभागिहरुले तत्काल बाेगटी टाेलवाट अधेरी खाेला सम्म सडक बत्तिकाे माग राख्दै वैदेशिक राेजगारीकाे मात्र भर नपरी आत्मनिर्भर हुने उदेश्यले पशुपालनमा जाेड दिदै दूध संकलन केन्द्रकाे माग समेत राखेका छन्।

साेहि मागलाई संवाेदन गर्दै नगर प्रमुख पण्डितले एक हप्ता भित्रमा सडक बत्ती राखिदिने भन्दै दूध संकलन केन्द्रका लागि नगरपालिकाले सक्नि सहयाेग र प्रक्रिया अगाडि बढाउने प्रतिपद्वता दिनुभएकाे हाे। उहाँले आँगापुटारमा संचालित यस वित्तीय साक्षरता समुहमा सहभागी महिला दिदि बहिनीहरु लाई धन्यावाद समेत व्यक्त गर्नु भएकाे छ। वित्तीय साक्षरता समुहवाट महिलाहरु बुझ्ने,आफना कुराहरु राख्न सक्ने, वैदेशिक राेजगारीमा गएका आफना आफन्तहरु लाई परेका समस्या समाधान गर्न सामी परियाेजनामा सम्पर्क गर्न सक्ने बनाई दिएकाेमा सामी परियाेजनालाई धन्यवाद ज्ञापन गरेका थिए।


आईतवार, भाद्र १३ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार