ओलि समुहमा चर्काे विवाद,विदुरकाे अध्यक्षमा रामकृष्ण खड्का


नुवाकोट- नेकपा एमाले ओलि समुहका नाममा भैरहेकाे कमिटि निर्माण र वैठकका निर्णयहरुमा विवाद छताछुल्ल भैरहेकाे छ।

नेकपा एमाले ओलि समुहकाे नाममा यहि साउन ३० गते वट्टारस्थित एक हाेटलमा जिल्ला कमिटिकाे नाममा भेला गर्दै विभिन्न विभाग र स्थानियतहका ईन्चार्ज सह-ईन्चार्ज तथा अध्यक्ष र सचिवहरुकाे मनाेनयनका विषयमा फरक फरक निर्णय पाईएकाे हाे।

केहि दिन अघि ओलि समुहकाे नगर स्तरिय भेला भन्दै विदुरका ईन्चार्ज सह-ईन्चर्ज र नगर अध्यक्ष तथा सचिव सार्वजनिक गर्दै बधाई खाएका थिए तर हिजाे साउन ३० गते शनिवार ओलि समुहकाे जिल्ला अध्यक्ष बद्री मैनालिले वैठकका निर्णय भन्दै सार्वजनिक गरेकाे लिस्टमा विदुर नगरकमिटिकाे अध्यक्षमा विदुर ३ खड्कभन्ज्याङका रामकृष्ण खड्काकाे नाम निर्णय भएकाे सार्वजनिक भएकाे छ।

युवासंघ नेपालका केन्दिय सचिवालय सदस्य भैसकेका खड्का हाल नेपाल खेलकुद महासंघ नेपालका केन्द्रीय उपमहासचिव रहनु भएकाे छ।

यसअघि विदुर नगर अध्यक्ष भन्दै बट्टारका नवीन प्रधानकाे नाम सार्वजनिक भएकाे थियाे। सामाजिक सन्जालमा मनाेनित व्यक्तिहरुले छलफल,सल्लाह विना गरिएकाे मनाेनयनमा आफ्नाे समर्थन नरहेकाे भन्दै सार्वजनिक गरिरहेका छन।


आईतवार, श्रावण ३१ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार