पार्टी एकता हितविपरित अवैधानिक भेला र बैठकनगर्न पार्टी अध्यक्ष खतिवडाकाे अपिल


नुवाकोट -नेपाल कम्युनिस्ट पार्टि (एमाले) जिल्ला कमिटि नुवाकाेटले अवैधानिक किसिमले गरिएका भेला तथा बैठकहरुकाे सम्वन्धमा आपत्ति प्रकट गरेकाे छ।

नेकपा एमाले नुवाकाेटका अध्यक्ष नारायण प्रसाद खतिवडाले आज एक विज्ञप्ति जारी गर्दै विज्ञप्तिमा भनिएकाे छ, पार्टिका समस्या र अवस्थाका वारेमा हामी सवै जानकार रहेका छा‌ै। पार्टी एकता कार्यदलले विभिन्न प्रकृयामा छलफल र भेटघाट तथा १० वुदे एकताकाे आधार प्रस्तुत गरिसकेकाे छ।
प्रस्तुत १० वुदे प्रस्तावलाई अनुमाेदन गर्दै त्यस्काे कार्यान्वयनकाे तयारीमा लागिरहेकाे अवस्थामा पार्टी र कार्यदलकाे बेवास्था गर्दै स्वघाेषित समुहका नाममा जिल्लाभरि भैरहेकाे भेला, छलफल र बैठकहरुले पार्टी एकता र मेलमिलापकाे अवस्था लाई विगार्दै स्वार्थिवादि राजनितिकाे विजाराेपण भैरहेकाे हाम्राे बुझाँई रहेकाे छ।

आधिकारिक भेला,बैठक र छलफलका सम्वन्धमा आधिकारिक सुचना नआउदा सम्म पार्टी हितविपरित यस्ता कार्यक्रममा उपस्थित नहुन सवै सङ्गठित र कृयाशिल सदस्यहरुमा अध्यक्ष खतिवडाले अपिल गरेका छन्।
पार्टी एकता कार्यदलले प्रस्तुत गरेकाे १० वुदे सहमतिकाे दस्तावेज अन्तर्गत पार्टीकाे संगठनहरु २०७५ जेष्ठ २ मा पुग्दा नेकपा एमाले नुवाकाेटकाे अधिवेसन वाट निर्वाचित अध्यक्ष नारायण प्रसाद खतिवडा र सचिव बुद्धि वहादुर प्रधान हुन्।


शुक्रबार, श्रावण २२ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार