भ्रष्टाचारकाे झुटाे प्रचार गर्दै काँग्रेसद्वारा नगरपालिका ताेडफाेड


नुवाकोट – नगरपालिकाले गर्दै नगरेकाे भ्रष्टाचारकाे झुटाे आराेप लगाउदै जनतामा भ्रमकाेखेति गरी नेपाली काँग्रेस नुवाकोट तथा विदुर-१३ नं इकाई समितीले काँग्रेस निकट वडा अध्यक्षहरुकै संलग्नतामा कार्यलय ताेडफाेड गरेकाे छ।

नेपाली काँग्रेस निकट ६ जना वडा अध्यक्षहरुले नगरपालिकामा आर्थिक अनयमितता भएको भन्दै तोडफोड गरेका हुन् । काँग्रेसबाट निर्बाचित ६ जना वडा अध्यक्षसहितको आन्दोलनकारीले नगरपालिकामा ढुङगामुढा बर्साएका थिए ।

विदुर नगरपालिका-१३ मा संघीय सरकारबाट बिनियोजित भएको सुन्तला र कागती पकेट क्षेत्रको लागि छुट्टाईएको बजेट अनियमितता भएको विरोध गर्ने क्रममा नगरपालिकामा तोडफोड भएको थियो । तोडफोडबाट कार्यालयका झ्यालका सिसा, गमला, विभिन्न फूलका बिरुवाका बाेटहरु, नगरप्रमुख कार्यकक्षकाे ढाेका र डिजिटल बोर्डमा समेत क्षति पुगेको छ। तोडफोडबाट करिब १ लाखको क्षति पुग्नुको साथै आन्दाेलनकारि र सुरक्षाकर्मी घाईते भएका थिए । प्रमुख प्रशासकिय अधिकृत र नगर प्रमुखको कार्यकक्ष सहित नगरपालिकामा भएका साधनहरुमा क्षती पुर्याईएकाे छ ।
काँग्रसीहरु नगरपालिकामा ज्ञापनपत्र बुझाउन जाने भनेर कार्यकर्ताको हुल लिएर प्रवेश गरि कांग्रेस नेता कार्यकर्ताको टोलीले प्रहरी, कर्मचारीलाई आक्रमण गरी नगरपालिकाको कार्यालय तोडफोड गरेको छ । ज्ञापनपत्र बुझाउनलाई काँग्रेसहरुले मेयर, उपमेयर प्रशासकिय अधिकृत कसैलाई पनि जानकारी नै नगरि एक्कासि आफना कार्यकर्ता लिएर आक्रमण शैलिमा नगरपालिका प्रवेश गरेकाे प्रतक्षदर्शिहरुले बताए।
विदुर नगरपालिकाको कार्यपालिकामा भएको तोडफोड पछि सोमबारनै नगरपालिकाले प्रेस विज्ञप्ती जारी गरेको छ । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ “डाँकाको शैलीमा प्रस्तुत हुने गरि आफुलाई कथित जनप्रतिनिधि घोषणा गर्दै कुनै पनि किसिमका मौखिक वा लिखित जानकारी समेत प्रस्तुत नगरी दश/विष जनाको लठैतहरु नगरपालिकाको परिसर बाहिर जम्मा गरिराखेको र नियोजित तरिकाले ढुंगामुढा गर्ने तयारी समेत गरेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरि आआफ्ना भनाईहरु केहि पनि नराखी ताला लगाउने मात्रै उदेश्य हाे भनी ताला लगाउन खोज्ने कार्य गर्न लागेको समयमा नगर प्रहरीहरुले त्यसो नगर्न पटकपटक आग्रह गरेको तथा सुरक्षाकर्मिहरु लाई पनि अटेर गरि ताला लगाउने प्रयास गरेका थिए।कार्यालय भित्र काम छ हामी जनप्रतिनिधि हाै भन्दै प्रवेश गरि दानवीय व्यवहार प्रस्तुत गरेकोमा सम्पूर्ण नगरपालिका परिवार खेद व्यक्त गर्दछ। साथै लोकतान्त्रिक मुल्य मान्यतानुसार आफ्ना मागहरुको शान्तिपूर्ण रुपमा ज्ञापन पत्र बुझाउने तथा नगरपालिकाभित्र भएका गतिविधिको सत्यतथ्य थाहा पाउन सक्ने विभिन्न विधिहरु हुदाहुदै जुन ताेडफाेड र हुलहुज्जत भयाे याे अमानवीय गरेको देखिन्छ।”

नेपाली काँग्रेसले बिदुर नगरपालिका वडा नम्बर १३ मा फलफुल र कागतीको पकेट क्षेत्र निर्धारण गरि १३ लाख रुपैयाँ बिना काम भुक्तानी दिएको आरोप लगाएको छ । त्यहि कारण देखाउदै नेपाली काँग्रेसले नगरपालिकामा तोडफोड गरेको हो ।
तर विदुर नगरपालिकाले वडा नम्बर १३ को फलफुल तथा कागती पकेट क्षेत्रको लागी बिरुवाको एक रुपैयाँ पनि रकम भुक्तानी दिएको छैन् । पकेट क्षेत्रमा निर्माण भएको सिञ्चाई लगाएतकाे पुर्बाधार बिकासको कामको मात्रै ६ लाख ९८ हजार रुपैयाँ रकम भुक्तानी दिएको नगरपालिकाले प्रमाणसहित जनाएको छ ।जनतामा चुनावि माहाेल ल्याउन आजैदेखि भ्रमकाे खेति गर्दै काँग्रेस लागिपरेकाे नगर प्रमुख सञ्जु पण्डितकाे आराेप छ। उहाँले विपक्षी पार्टीको मेयर,उपमेयर भएकै कारण विदुरका नागरिकमा झुटा आराेप लगाउदै कार्यकर्ताकाे हुल बाँधेर बिना कारण ताेडफाेड गर्नु उल्टाे नागरिकले काँग्रेसलाई अवका दिनमा फेरिपनि यी गतिविधिका कारण राम्रै रिजल्ट दिने बताउनु भयाे।

उहाँ भन्नु हुन्छ “नगरपालिकाले कुनै भ्रष्टाचार गरेकाे भए प्रमाण पेश गर्दा हुन्छ। लाख हैन १ हजार मात्र छ भने पनि प्रमाण सहित आउन चुनाैति दिन्छु। सरकारी बजेट काँग्रेसले भनेजसरी खल्तिवाट फुत्त निकालेर दिन सजिलाे हाेला त? अहिलेकाे बजेट शुत्र सहितकाे बजेट छ अनि लादै नलगेकाे बजेट, नगरपालिकाले दिदै नदेकाे रकम भ्रष्टाचार भयाे भन्दै यहिका वडा अध्यक्षहरु आफनै नगरपालिकामा ताेडफाेड गर्नु कति लजास्पद छ हाेला”। १३ नं का वडा अध्यक्षलाई बिरुवाकाे विषयमा अनुगमन गर्न जानुस भनेर पटक,पटक भन्दा नमान्ने, म स्वंमले विरुवाकाे बजेट राेकेकि हुँ काँग्रेसका वडा अध्यक्षले हैन। उल्टै गैरराजनीतिक ढङ्गवाट नगर बासिलाई भ्रममा राख्दै कु प्रचार गर्नु नागरिकमा उल्टै ग्रिनु हाे”।

विदुर नगरपालिकाका उप-मेयर गिता कुमारी दाहालले बिना कारण काँग्रेसले कार्यलय फुटाउनु गलत रहेकाे बताउनु भयाे। उहाँले जनतामा गलत तरिकाकाे सुचना दिने र नगरपालिका लाई नगरबासिकाे अगाडि भ्रष्टाचार गरेकाे देखाउन यी नाटकिय आराेप र नारा बन्द गर्नु पर्ने बताउनु भयाे। आउनै लागेकाे चुनावि माहाेल सृजना गर्न आजैदेखि भ्रमकाे खेति गर्दै काँग्रेस लागिपरेकाे उहाँकाे आराेप रहेकाे छ। विदुरका नागरिकमा झुटा आराेप फैलाउदै कार्यकर्ता लिएर बिना कारण जनताकाे करले बनेका जनताकाे सम्पति ताेडफाेड गर्नेहरुलाई जनताहरुले फेरिपनि अवका दिनमा राम्रै चुनावि हारकाे उपहार दिने बताउनु भयाे।

नगपालिका ताेडफाेडमा संलग्न भएका व्यक्तिहरु जाे जिल्लामा क्रियाशिल संघसस्थाका प्रतिनिधि लगाएतका नेताहरु थिए।जनताका विकास र विदुरकाे समृद्धिमा लागेका जनप्रिय मेयरकाे माहाेल बाट अत्तालिएका हरूवाहरुकाे टिम नै आन्दाेलनका नाममा सार्वजनिक सम्पति ताेडफाेडमा सरिक रहेकाे विदुरका नागरिककाे आराेप रहेकाे छ। केही समय पछि आउन लागेकाे निर्वाचनकाे सन्दर्भमा कुनै खास कारण नभएपछि वेतुककाे हल्ला फिजाउदै अनावश्यक हुलहुज्जत गर्दा उल्टै काङ्ग्रेसको साख गिरेकाे प्रतक्षदर्शि हरुले बताए।बार्ता, छलफल र कानुनी उपचारमा जादा राम्राे मानिन्थ्याे तर यहाँ हामी जनताकाे करले बनेका सम्पत्ति ताेडफाेडले हाम्रै नाश गरेकाे छ काङ्ग्रेसले गर्नै नहुने काम गर्याे एक प्रतक्षदर्शिले बताए।


सोमबार, श्रावण १८ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार