माधव समुहले नुवाकाेट युवासंघ गठन गर्याे,१५३ सदस्य समिति घाेषणा


नुवाकोट -युवासंघ नेपाल नुवाकाेट जिल्ला कमिटिकाे १५३ सदस्यीय आयाेजक कमिटि घाेषणा गरिएकाे छ।

नेपाल कम्युनिष्ट पार्टी एमालेकाे जनवर्गिय संगठन युवासंघ नेपाल नुवाकाेट कमिटिकाे भेलाले १५३ सदस्यीय आयाेजक कमिटि घाेषणा गरिएकाे हाे।
युवासंघ नेपाल नुवाकोटका ईन्चार्ज उद्धव पनेरुकाे अध्यक्षतामा वसेकाे भेलाले नुवाकाेट सह-ईन्चार्ज सुरेश अधिकारिकाे संयाेजकत्वमा १५३ सदस्यीय युवासंघ नेपाल नुवाकाेट जिल्ला आयाेजक कमिटि घाेषणा गरिएकाे संयाेजक सुरेश अधिकारीले बताउनु भयाे।
अधिकारीका अनुसार भेलाले जीवनआलेमगर (श्रि)काे संयाेजकत्वमा ५१ सदस्यीय पिपुल्स भाेलिन्टियर्स (PV) गठन समेत गरिएकाे छ।
गठित आयाेजक कमिटिले छिट्टै जिल्ला सम्मेलन सम्पन्न गरिनुका साथै पालिका र क्षेत्रिय कमिटिहरुकाे घाेषणा छिट्टै भेला मार्फत गरिने पनिअधिकारिले जानकारि दिए।


बुधबार, श्रावण १३ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार