विदुर खानेपानीकाे महशुल परिमार्जन हुन्छ-अध्यक्ष खनाल


नुवाकाेट-विदुर नगरपालिका क्षेत्रभित्र खानेपानि सहजिकरणका लागि सन्चालित विदुर खानेपानि उपभाेक्ता समितिले हालसालै सार्वजनिक गरेकाे विलका विषयमा पुनर्विचार हुने जनाएकाे छ।

विदुर नगरपालिका क्षेत्रभित्र सन्चालनमा आएकाे सानाशहरि खानेपानि आयाेजना अन्तर्गत विस्तार गरिएकाे खानेपानि धाराकाे महशुलकाे विल सार्वजनिक भए सङ्गै विवादित भएकाे छ। उपभोक्ताहरुले विल अनुसारकाे महशुल तिर्ने हाे भने पानी प्रयाेगनै गर्न नसकिने प्रतिकृया आईरहेकाे छ।
एडिविकाे ऋण अनुदान र नगरविकास काेषकाे ऋणमा सन्चालित आयाेजनाकाे खानेपानिमा लगाईएकाे महशुलका विषयमा समितिका अध्यक्ष नारायण वहादुर खनाललाई एकीकरणले साेधेकाे प्रश्नमा उपभाेक्ताकाे गुनासाे सुनुवाई हुने वताए। खनालका अनुसार हामिले निर्णय गर्ने समयमा एडिवि र नगर विकास काेष लाई महशुल दररेट समय सापेक्ष नहुने वताएकाे तर ऋण असुलिकाे लागि त्यहि दररेट लगाउनु पर्ने वाध्याँत्मक परिस्थिति रहेकाे जनाए। अध्यक्ष खनालले हामी पनि उपभोक्तानै हाै उपभाेक्ता लाई सहज र सुलभ खानेपानि खुवाउने हाम्राे प्रतिवद्धता अनुरुप महशुलमा परिवर्तन गरिने जानकारि दिनुभयाे।

विदुर खानेपानी उपभाेक्ता समितिका उपाध्यक्ष सन्जिव श्रेष्ठले एकीकरण सङ्ग कुरा गर्दै उपभोक्ताकाे गुनासाे प्रति सजग रहेकाे र छिट्टै पुनर्विचार हुने वताउनु भयाे।श्रेष्ठका अनुसार एडिविकाे अनुदान र नगरविकास काेषकाे ऋण असुलिकाे लागि दुवै लगानि कर्ताहरुकाे राेहवरमा महशुल निर्धारण गरिएकाे तर चित्त वुझ्दाे नभएकाे महशुस भएकाे वताए। उहाँले एउटा साधारण परिवारलाई मासिक लगभग १५ युनिट पानी खपत हुने र न्युनतम रु ३०० महशुल राख्ने प्रस्ताव राखिएकाे तर ऋण र अनुदान असुलिका लागि पर्याप्त नहुने भन्दै ईन्कार गरिएकाे र नगरवासी लाई शुद्ध खानेपानि खुवाईने प्रतिवद्धता पूरा गरेकाेमा समितिलाई गाैरव लागेकाे वताए। “हामिले ५४२५ धारा वितरण गरिनेगरि याेजना शुरु गरेकाेमा हाल ७ हजार धाराकाे माग भएकाे छ। विदुरका जनताहरुलाई शुद्ध पानी वितरण गर्ने ठाउँ सम्म पुगेका छाै याे सफलतानै हाे”।अझै कामगर्ने ठेकदारकाे लापरवाहिले साेचेजति सफलता पाउन समय लागेकाे वताउदै उपाध्यक्ष श्रेष्ठले उपभाेक्ताकाे गुनासाेकाे छिट्टै सामाधान गरिने र महशुलमा पुनर्विचार हुने वताए।


शनिबार, असार २६ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार