शान्तिपूर्ण प्रदर्शनमा शसस्त्र प्रहरीकाे दादागिरी,बिद्यार्थी नेताको हात भाचिदिय


नुवाकोट -सरकारले निर्धारण गरेकाे चर्को मुल्य बृद्धिको बिरोधमा संयुक्त बिद्यार्थी संगठन नुवाकोटले गरेको मसाल जुलुस सहितको बिरोध कार्यक्रममा शसस्त्र प्रहरीले बिद्यार्थी नेताको हात भाचिदिएका छन् ।
शान्तिपुर्ण रुपमा गरिएको बिरोध कार्यक्रममा प्रहरीले लाठी प्रहार गरी बिद्यार्थी नेता बिनोद कोईरालाको दाँया हात भाचिदिएका हुन् ।

नुवाकोट आदर्श बहुमुखि क्याम्पस अगाडीबाट मसाल सहित सडकमा निस्किएका युवाहरुले सरकारको रबैया गलत रहेको भन्दै नाराबाजि समेत गरेका छन् । नेपाल विद्यार्थी संघ,अखिल (क्रान्तिकारी) र अनेरास्ववियु सहितको संयुक्त विद्यार्थी संगठनले केपी ओली नेतृत्वको सरकार राष्ट्रघाती भएको भन्दै त्यसका विरुद्ध नुवाकोट आदर्श बहुमुखी क्याम्पसबाट मसल जुलुस निकालेका हुन् ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकार विरुद्ध चर्का नाराबाजी सहित विरोध प्रदर्शन गरेका छन् । ओली नेतृत्वको सरकारले गरेको संसद विघटनजस्तो असंवैधानिक कदम, महंगी, कालोबजारी नियन्त्रणमा असफलता, पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि, चुरेमाथी सरकारले दोहन गर्न लागेको विषयलगायत सरकारले गरिरहेको एकपछि अर्को जनविरोधी निर्णयहरु रोक्नुपर्ने र त्यसलाई सच्याउन माग राख्दै विद्यार्थीहरुले नाराबाजी गरेका छन् ।
शान्तिपुर्ण आन्दोलनमा शसस्त्र प्रहरीले देखाएको रबैयाको बिरुद्धमा बिद्यार्थी संगठनहरुले मसाल जुलुसको कार्यक्रमपछि पनि टायर बालेर सडक अबरुद्ध पारेका थिए ।

कार्यक्रममा युवासघंका नेताहरु उद्धब पनेरु, संयुक्त बिद्यार्थी संगठनका नेता शंकर पाण्डे, प्रभास सुवेदी, ओमप्रकाश श्रेष्ठ,रमेश गिरी लगायतले सरकारकै संरक्षणमा कालोवजारी बढ्दै गएको आरोप लगाएका छन् । शान्तिपुर्ण रुपमा बिद्यार्थीहरुले गरेको आन्दोलनमा प्रहरी दमनको बिरोध गर्दै बिद्यार्थी नेताहरुले आगामी दिनको आन्दोलन जारी रहेको घोषणा गरेका छन् ।


शनिबार, असार १९ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार