विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनको देशभर प्रदर्शन


नुवाकोट -विपक्षी गठबन्धनमा सम्बद्ध प्रमुख पाँच विद्यार्थी संगठनले विहीवार देशभर प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको बिरोध गर्दै विहीबार दिउँसो ३ बजे उपत्यकाको प्रदर्शनी मार्ग तथा देशका विभिन्न स्थानमा स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक दूरी कायम गर्दै बिरोध प्रर्दशन गरेको हो ।

काँग्रेस निकट नेविसंघ, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, एमालेको खनाल–नेपाल समूहनिकट अनेरास्ववियु, जसपानिकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल छैठौंले बिहीबार काठमाडौंको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्रीका हरेक असंवैधानिक,अलोकतान्त्रिक र स्वेच्छाचारी कदमलाई संविधान रक्षकको कर्तव्यबाट च्यूत भएर संवैधानिक राष्ट्रपति समेतले निरन्तर साथ दिनु झनै विडम्बनापूर्ण भएको भन्दै विरोध गरेका छन् ।


बिहीबार, असार १० २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार