विनायक अस्पताललाई नयाँ तरिकाले सुबिधासम्पन्न बनाउछु : लामिछाने


नुवाकोट -काठमाडौंकाे गोंगबुस्थित विनायक अस्पताल तथा प्रसुतिगृह प्रा.ली.का नब नियुक्त प्रबन्ध निर्देशक कृष्ण प्रसाद ( केपी ) लामिछानेले विनायक अस्पताललाई अझ शशक्त र सुबिधासम्पन्न बनाउने बताएका छन् ।
आफ्नो पदभार ग्रहण गर्दै लामिछानेले यो अस्पताललाई अब समयानुसार थप प्रबिधियुक्त बनाउदै हाल उपलब्ध नभएका सेवाहरु बिस्तार गर्दै जाने बताएका छन् । बिगत ७ बर्षदेखि बोर्ड सदस्य रहेका लामिछाने असार ७ गते बसेको बोर्डको निर्णयबाट प्रबन्ध निर्देशक नियुक्त भएका हुन् ।

हाल विनायक अस्पतालमा एक्स रे – भिडियो एक्स रे सेवा उपलब्ध भएपनि सिटिस्क्यान सेवा भने उपलब्ध छैन । तर उनले आफ्नो पदभार ग्रहण गरे लगतै अब विनायक अस्पतालले सिटिस्क्यान सेवा पनि दिने भएको छ । अस्पतालले यसको खरिदको लागि आबस्यक प्रक्रिया समेत अगाडी बढाएको छ । विनायक अस्पतालमा हाल ५ आइसीयु र ३ भेन्टिलेटर रहेकोमा यसलाई पनि बिस्तार गर्ने योजना अस्पताल प्रसाशनले बनाएको छ ।

अब विनायकमा आइसीयु र भेन्टिलेटर थपिने भएका छन् । हाल अस्पताल भाडाको भवनमा संचालन भैरहेको भएपनि अब छिट्टै अस्पतालले आफ्नै भवन निर्माण सुरु गर्न लागेको लामिछानेले न्युज बिहानीलाई बताए । उनले भने, करिव ५ बर्ष अगाडी नै अस्पतालले गोंगबुमा २ रोपनी जग्गा खरिद गरिसकेको र अब छिट्टै नै भवन पनि निर्माण गर्ने तयारी भैरहेको बताए ।
अब नयाँ भवन बनेपछि यो अस्पताल अहिलेभन्दा थप शशक्त र सुविधासम्पन्न बन्ने उनले बताए । सामाजिक कार्यमा निरन्तर सकृय लामिछानेले अहिलेपनि समस्यामा परेका बिशेष गरि गृह जिल्ला नुवाकोटवासीहरुको पिडामा मलम लगाउने प्रयत्न गर्दै आएका छन् । लामिछाने अध्यक्ष रहेको ट्रष्ट नुवाकोटमा गरिब र निम्न आय भएकाको आशाको केन्द्र बन्दै गइरहेको छ ।

आफ्ना पिता भरत लामिछानेको नाममा स्थापना गरिएको यो ट्रष्टले आर्थिक अवस्था कमजोर भएकाहरुको लागि राहत वितरण गर्दै आएको छ । नुवाकोटको तादी गाउँपालिकाको खरानिटारमा रहेको यो स्मृति प्रतिष्ठानले अहिलेसम्म आर्थिक अवस्था कमजोर भएकाहरुको लागि साहारा बन्दै आएको छ । शिक्षाको ज्योति नपुगेको दुर दराजमा समेत यसले सहयोग पुर्याइरहेको छ । शिक्षाको ज्योतिबाट बन्चित भएका बच्चाहरुको अभिभावक भएर उनीहरुलाई आफ्नो सुनौलो भविष्य निर्माण गर्न मद्दत गरिरहेको छ ।

यो प्रतिष्ठान बी.स.२०६९ सालमा स्थापना गरिएको थियो । भरतप्रसाद लामीछाने समाजसेवी एबं शिक्षक थिए । लामो समय समाजसेवा र शिक्षण पेशामा बिताएका लामिछाने राजनीतिमा समेत सकृय थिए । उनको समाजसेवा यात्रालाई निरन्तरता दिन उनको नाममा प्रतिष्ठान स्थापना गरिएको थियो ।


बिहीबार, असार १० २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार