खनाल–नेपाल पक्षीय अनेरास्ववियुद्वारा सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत वितरण


नुवाकोट- नेकपा एमालेको माधव नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित लाई राहत वितरण गरेको छ । शुक्रबार बिहान नै खाद्य सामग्री लिएर उनीहरू हेलम्बु पुगेका थिए ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली नेतृत्वमा गएको राहत वितरण टोलीले हेलम्बु गाउँपालिका–२ मै पुगेर राहत वितरण गरेको हो ।
सिन्धुपाल्चोकका बाढी–पहिरो पीडितलाई सहयोग गर्न सरकारले तदारुकता नदेखाइरहेका बेला खाद्य, स्वास्थ्य सामग्री, लत्ताकपडा वितरण गरिएको अनेरास्ववियुले जनाएको छ ।

राहत ग्रहण गर्दै वडाअध्यक्ष छिरिङ ग्याल्पो लामाले आजसम्म पनि राहत नआएकामा पहिलो राहत अनेरास्ववियुले ल्याएको बताए । शुक्रबार बिहान एमाले वरिष्ठ नेता माधव नेपालले राहत सामाग्री संयोजक पराजुलीलाई हस्तान्तरण गरेका थिए ।

राहत वितरण टोली अनेरास्ववियुका अध्यक्ष पराजुलीसहित उपाध्यक्ष माधव पन्त, महासचिव आरती लामा, सचिवहरू महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईं, मिलन राई र नरेश न्यौपाने तथा कोषाध्यक्ष दिपेश प्रसाईंलगायत सहभागी थिए ।


शनिबार, असार ५ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार