विद्यार्थीका लागि काेभिड विरुद्धकाे खाेप उपलब्ध गराउन अनेरास्ववियु नुवाकोटकाे माग


नुवाकोट-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन नुवाकाेट जिल्ला कमिटिले काेभिड लगाएतका विषयमा ध्यानाकर्षण गराउदै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन्।
अनेरास्ववियु नुवाकाेट जिल्ला कमिटिले विश्व महामारिकाे रुपमा फैलिएकाे काेभिड सङ्क्रमण र यसले विद्यार्थीहरुमा परेकाे असर र सम्भावित राेकथामकाे उपायहरुकाे वारेमा नुवाकाेटका प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुवाल मार्फत नेपाल सरकारकाे ध्यानाकर्षण गराएकाे हाे।विध्यार्थीहरु लाई नि:शुल्क काेराेना विरुद्धकाे भ्याक्सिन उपलब्ध गराउन पर्ने माग सहित शुक्रबार ज्ञापन पत्र बुझाएकाे अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय सचिवालय सदस्य श्याम अधिकारिले जानकारी दिए।
अधिकारीकाे नेतृत्वमा गएकाे विद्यार्थीहरुकाे टाेलिले १८ वर्ष माथिका सम्पुर्ण विद्यार्थीहरुलाई निशुल्क र जतिसक्याे छिटाे काेभिड विरुद्धको खाेप उपलव्ध गराउन माग गरिएकाे अनेरास्ववियु जिल्ला संयाेजक ओम प्रकाश श्रेष्ठले जानकारि दिए।ज्ञापनपत्र बुझाँउन अनेरास्ववियु नुवाकाेट क्याम्पसका अध्यक्ष रमेश गिरी, विद्यार्थी नेताहरु रक्षक खनाल,राजेश अर्याल,सृजन पाैडेल,सुनिल रिमाल लगाएतका विद्यार्थी नेताहरुकाे उपस्थिति रहेकाे थियाे।


शनिबार, जेष्ठ २९ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार