नुवाकोटमा प्रम ओलि र उपप्रम राजेन्द्र महतोको पुत्ला दहन


नुवाकोट -विपक्षि गठवन्धन निकट युवा विद्यार्थी संगठनले उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेको छ ।
आईतवार नुवाकाेटकाे वट्टार वजार चाेकमा गठवन्धन निकट युवा विद्यार्थीले ओलि र महतोको पुत्ला दहन गरेको हो। संसद विघटन गरेका ओलि र अन्तर्वाताका क्रममा ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्ने अभिव्यक्ति दिएका महताेकाे उनीहरुले पुत्ला जलाउनुको क्रममा ओलि र महतोलाई राष्ट्रघाती भन्दै नारा समेत लगाएका थिए।

वट्टार क्याम्पस अगाडि वाट शुरु जुलुस मुख्य चाेकमा पुगेर पुत्ला जलाएकाे थियाे।कार्यक्रमकाे अन्त्यमा आयाेजित काेण सभामा युवासंघ नेपाल सचिवालय सदस्य उद्धव पनेरुले लकडाउनकाे विषम स्थितिमा पनि नेपाल आमाकाे अस्थित्व रक्षाकाे लागि सवै आन्दाेलनमा आउनु परेकाे वताउदै सवै सुरक्षाकर्मिहरु लाई पनि नेपाल आमाकाे रक्षाकाे लागि साथ दिन अनुराेध गर्नु भयाे।

कार्यक्रममा तरुणदल क्षेत्रिय सभापति सुरज श्रेष्ठले देश टुक्राउने अभिव्यक्ति दिने उपप्रधानमन्त्री महताेलाई तुरुन्त वर्खास्त गर्नु पर्ने वताउनुभयाे।


आईतवार, जेष्ठ २३ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार