प्रतिनिधिसभा विघटनविरुद्ध वाईसियलले लिखुमा निकाल्याे मसाल जुलुस (भिडियो)


नुवाकोट -असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गरेको भन्दै वाईसेलले लिखु गाउँपालिका-६ स्थित छहरेमा मसाल जुलुस निकालेको छ ।

संविधान बिपरित नै प्रधानमन्त्री र राष्ट्रपतिले जवरजस्त रुपमा संसद बिघटन गरेको उनीहरुको आरोप छ । उनीहरुले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको वाईसेल लिखु गाँउपालिकाका इन्चार्ज सुमन भण्डारीले जानकारी दिनुभएकाे थियो ।

इन्चार्ज भण्डारीका अनुसार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला कमिटि सदस्य जनक थपलिया, लिखु गाउँपालिका-६ का पार्टी अध्यक्ष महेन्द्र डंगाेल, माओवादीका कार्यकर्ता लगायतको सहभागितामा छहरे बजारमा निकालियको मसाल जुलुस प्रतिनिधिसभा विघटन, चुनाब र नागरिकता विधेकको बिरुद्व रहेकाे बताउनुभयाे।


आईतवार, जेष्ठ ९ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार