तार्केश्वर गाउपालिका लाई स्वास्थ्य सामग्री हस्तान्तरण


नुवाकोट -नेकपा माओवादी केन्द्र तार्केश्वर- काठमाडौं सम्पर्क मन्च र माओवादी केन्द्र तार्केश्वर द्वारा तार्केश्वर गाउपलिकालाई स्वास्थ्य सामग्री मङगलवार हस्तान्तरण गरेको छ ।
विश्वभरि फैलिएकाे दोश्रो चरणको कोरोना भाईरसका कारण तारकेश्वरका नागरिकहरुले अक्सिजनको अभावमा समस्या झेल्न नपराेस भन्ने उदेश्यले अक्सिजनका सिलिन्डर र स्वास्थ्य सामग्री वितरण गरेको नेकपा माओवादी केन्द्र तार्केश्वरका सचिब सोम तमाङले जानकारी दिनुभएकाे हाे। तामाङका अनुसार स्वास्थ्य सामाग्रीहरुमा ग्लोब्स,मास्क,साबुन,फेस सिल लगाएतका भिटामिन सि, र औषधीहरू तारकेश्वर गाउपालिका अध्यक्ष रमेश बहादुर वस्तीलाई हस्तान्तरण गरिएको बताउनु भयाे।

काेराेना संक्रमितलाई उपचारको लागि थाेरैभएपनि सहजीकरण गर्ने याेजनाले सबैकाे पहलमा केहि सहयाेग गर्दा विरामिहरुलाई राहत हुने भएका कारण पनि स्वास्थ्य सामाग्री वितरण गरिएकाे ताकेश्वर गाउँपालिकामा स्थानिय एवं समाजसेवी नवराज घिमिरेले बताउनु भयाे। उहाँले काेराेना भाईरस वाट वचन सधै मास्ककाे प्रयोग गर्ने,हात साबुन पानीले बारम्बार धुने,भिडभाडमा नजाने,अति आवश्यक काम बाहेक बाहिर नहिड्ने जस्ता कुराहरुकाे जनचेतना दिदै तारकेश्वरवासि तथा जिल्लाका सबै नागरिकलाई सचेत रहन समेत आग्रह गर्नुभएकाे छ।


बुधबार, जेष्ठ ५ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार