नुवाकोटका अग्रज पत्रकार रावलद्धारा अक्सिजन सिलिन्डर प्रदान


नुवाकोट -नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा नुवाकोट जिल्लाका अग्रज पत्रकार ध्रुबकुमार रावलले महासंघको केन्द्रीय कार्यालयमा निर्माण गरिएको आइसोलेसन सेन्टरलाई २ वटा अक्सिजन सहितको सिलिन्डर प्रदान गरेका छन् ।

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट पत्रकार संक्रमित हुने क्रम बढेपछि महासंघको केन्द्रीय कार्यालयमा आइसोलेसन सेन्टर बनाइएको थियो ।

हालसम्म झण्डै ८ सय जना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोनाका कारण १३ जना पत्रकारले ज्यान गुमाउनुपरेको छ ।

महामारीका बेलामा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै केन्द्रीय सदस्य रावलले सकेको सहयोग गर्न सबैलाई आग्रह गरे । विशेषगरी अहिले अक्सिजनको अभाव भइरहेकाले धेरैले अकालमा ज्यान गुमाउनु परेकाले अग्रभागमा रहेर काम गर्ने पत्रकारहरु दिनप्रतिदिन असुरक्षित हुन थालेको उनले बताए ।


आईतवार, जेष्ठ २ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार