शिवपुरी अध्यक्ष गाेल्डकप विजेता खेलाडिलाई विदुर नपाले नगद सहित सम्मान प्रदान


नुवाकोट -शिवपुरी अध्यक्ष कप अन्तर पालिका फुटवल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडिहरु लाई आज विदुर नगरपालिका द्वारा सम्मान तथा नगद पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ।

नगर खेलकुद विकास समिति विदुरकाे आयाेजनमा भएकाे सम्मान तथा नगद पुरस्कार वितरण कार्यक्रममा विदुर नगर पालिकाकाे तर्फवाट विजेता स्वरुप प्राप्त नगद रु,६ लाख रुपैयाँमा कर कट्टि करि वाकि रहेकाे ५ लाख पचासि हजार रुपैयाँ जनहि २९ हजार दुई सय पचास रुपैयाँकाे दरले वितरण गरिएकाे थियाे भने नगरपालिकाकाे तर्फ वाट थप पाँच /पाँच हजार रुपैया प्रदान गरिने घाेषणा गरिएकाे थियाे।
प्रतियाेगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाईनलमा चार गाेल गर्ने आकाश रानामगर लाई नगद रु,२५ हजार तथा उत्कृष्ट गाेलकिपर सुर्य तामाङ लाई नगद १० हजार प्रदान गरिने विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले घाेषणा गरेका छन्। मेयर पण्डितले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै विदुर नगरपालिकाकाे इज्जत वढाई दिएकाेमा सम्पुर्ण खेलाडिहरुलाई धन्यवाद दिदै आर्थिक प्याकेज सहित जीवन निर्वाह गर्न सक्नेगरि खेलकुदमा चमत्कारि वजेट विनियाेजन गर्ने वताए।

कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष उद्धव पनेरुले समग्र विदुरकाे खेलकुदलाई विकास र विस्तार गर्ने उद्देश्यले गठन भएकाे विकास समितिले उद्धेश्य अनुरुप सवैकाे सल्लाह र सुझावमा काम गर्ने वताउदै विजेता खेलाडिहरुलाई वधाई तथा शुभकामना दिदै छिट्टै नगर स्तरिय प्रतियाेगिता गर्ने जानकारि दिए।

कार्यक्रममा पत्रकार महासंघ वागमति प्रदेशका अध्यक्ष शिव देवकाेटाले खेलकुदमा संन्चार क्षेत्रकाे महत्वपूर्ण स्थान रहेकाे वताउदै विदुर नगरपालिकाले खेल क्षेत्रमा गरेकाे लगानि उत्साहजनक रहेकाे वताए।

खेलकुद विकास समिति नुवाकाेटका अध्यक्ष तथा एमाले नुवाकाेटका सचिव बुद्धि प्रधानले नुवाकोटकाे समग्र खेलकुदकाे मेरुदण्ड सदरमुकाम विदुर रहेकाेले विदुर भित्र थुप्रै खेलकुदका संरचना र गतिविधि आवश्यक रहेकाे वताउदै राष्ट्रिय र क्षेत्रिय स्तरका संरचनाहरुकाे निर्माणले तिव्रता पाएकाे वताउदै विदुर नगरपालिकाले खेलकुदकाे विकास र विस्तारमा दिल खाेलेर लगानि गरिरहेकाे वताउदै अझै व्यवस्थित र व्यावसायिक खेलक्षेत्र वनाउन सवैकाे सहयाेग र सल्लाहकाे आवश्यक रहेकाे वताए।

कार्यक्रममा विदुर नगरपालिकाका उपमेयर गिता दाहालले खेलकुदले सामाजिक र भावनात्मक सम्वन्धमा सुधार सङ्गै मानशिक र शारिरक अभिवृद्धिमा पनि महत्वपुर्ण भुमिका रहने हुदा नगरपालिका सधै खेलक्षेत्रमा लगानि गर्न तत्पर रहेकाे वताउदै व्यवस्थित कार्ययाेजना वनाउदै खेल क्षेत्रमा लागिने वताए।

कार्यक्रममा विदुर नगरपालिका वडा न १ का वडा अध्यक्ष लेलिन रन्जितले उत्कृष्ट खेल खेल्ने आकास रानामगरलाई व्यक्तिगत पाँच हजार रुपैया प्रदान गरेका थिए भने शिक्षा शाखाका निरिक्षक तुलध्वज खतिवडाले खेलाडिहरुकाे लागि व्यक्तिगत पाँच हजार प्रदान गरेका थिए।


शुक्रबार, चैत्र २७ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार