अखिल क्रान्तिकारी नुवाकोटमा ५१ सदस्यीय आयाेजक समिति निर्माण


नुवाकोट-अखिल क्रान्तिकारी नुवाकोटकोले ५१ सदस्यीय आयाेजक समिति निर्माण गरेकाे छ।
शनिवार भएकाे सम्मेलनले आगामी जेठ २८ गते जिल्ला सम्मेलन हुने भएको छ ।
माओवादी (केन्द्र) नुवाकोटका अध्यक्ष एवम प्रदेशसभा सदस्य हिरानाथ खतिवडाले पार्टी लाई अगाडि बढाउन र विधिकाे शासन लागू गर्ने अडानमा विद्यार्थी संगठनकाे डुलाे भूमिका हुनुका साथै पार्टीका हरेक कार्यमा सहयाेग र साथ विद्यार्थीवाटनै भईरहेकाे बताउनु भयाे । उहाँले पार्टिको संगठन निर्माण र सुदृढिकरण अभियानलाई सफलताका साथ सम्पन्न गर्न शुभकामना समेत दिनुभयो ।

अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) लाई मजबुत बनाउँदै केन्द्रीय कार्यालयले तय गरेको २ महिने संगठन सुदृढीकरण अभियान चलाएर आगामी स्वबियु निर्वाचनमा जिल्लाका मुख्य क्याम्पसहरुमा विजय हासिल गर्न सदस्यहरुलाई परिचालन गर्ने संकल्प बैठकले गरेको केन्द्रीय सदस्य प्रवास सुबेदीले वताउनुभयो । बिस्तारित बैठकमा संगठनका केन्द्रीय सचिब पवन कार्कीको बिशेष आतिथ्यता, संगठनका केन्द्रीय सदस्यहरु प्रदिप शर्मा, प्रभास सुबेदी, सन्जय कल्धन, संजिव फुयाल, सागर केसी, क्याम्पस जिल्ला काठमांडौ संयोजक राजेश मैनाली लगायतको सहभागिता रहेको थियो । जिल्ला कमिटिको बिस्तारित बैठकले सबै स्थानीय तहमा भेला सम्मेलन सम्पन्न गर्दै जेठ २८ मा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको संगठनका केन्द्रीय सदस्य प्रदिव शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनका लागि बिनोद कोईरालाको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति निर्माण गरिएको छ ।


आईतवार, चैत्र २२ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार