नगर खेलकुद विकास समितिकाे संयाेजकमा उद्धव पनेरु


नुवाकोट -विदुर नगरकार्यपालिकाकाे आजकाे निर्णयअनुसार नगर खेलकुद विकास समिति विदुरकाे संयाेजकमा उद्धव पनेरु चयन हुनुभएकाे छ।

विदुर नगरपालिका भित्रका खेलकुद गतिविधिमा क्रियाशिल र चलयमान गराउदै खेलक्षेत्रकाे विकास र खेलाडिहरुकाे उत्पादन बढाउने उदेश्यले विदुर नगरपालिकाले पारित गरेकाे खेलकुद विधेयक अनुसार नगरकार्यपालिकाकाे बैठकले संयाेजकमा पनेरुलाई चयन गरेकाे हाे।

समितिकाे उपसंयाेजक र एक महिला सहित चार सदस्यहरुकाे मनाेनयन नगर प्रमुखले गर्ने व्यवस्था विधेयकमा रहेकाे छ। नगर प्रमुखले मनाेनित गरेर प्रत्यक वडामा एक जना अध्यक्ष र एक महिला सहित तीन सदस्य समिति निर्माण हुने विधेयकमा व्यवस्था गरिएकाे विदुर नगरपालिका प्रमुख सन्जु पण्डितले जानकारी दिनुभएको छ।
नुवाकाेटमा खेलकुद क्षेत्रमा लामाे समयदेखि क्रियाशिल हुँदै आएका पनेरुले खेलकुद क्षेत्रमा खेलाडी लाई सधै सम्मान पूर्वक खेलमा लैजाने र खेलाडी उत्पादन गर्न आफनाे व्यक्तिगत लगानिमा समेत खेलजगतलाई अग्रता हासिल गराउन ठुलाे भूमिका निर्वाह गर्दै आईरहेका थिए। उहाँले नयाँ पुस्तालाई खेलकुदको क्षेत्रमा खेलाडी धेरैभन्दा धेरै उत्पादन गर्ने उदेश्यले सधै खेलमा नयाँ पुराना खेलाडी लाई खेलमा आर्कषण गराउन खेलाडीलाई अवसर दिन पर्ने धारणा व्यक्त गरेका छन्।
पनेरु जिल्ला फुटवल संघ नुवाकाेटका उपाध्यक्ष हुन् भने राजनितिक र सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका छन्। पिपलटार फुटवल क्लब (FC PIPALTAR) का अध्यक्ष साथै जिल्ला खेलकुद विकास समिति नुवाकाेटकाे दुई कार्यकाल सदस्य भई खेलकुदमा निरन्तरता दिईरहेका व्यक्तित्व हुन्।


मंगलवार, चैत्र १० २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार