सरकारी विद्यालयलाई कम्प्युटर हस्तान्तरण


नुवाकोट -किस्पाङमा दुई वटा सरकारी विद्यालयलाई परिवर्तन युवा क्लबका अध्यक्ष तामाङले एक/ एक थान कम्प्युटर हस्तान्तरण गरेका छन्।
किस्पाङ गाउँपालिका वडा नं. १ मा रहेकाे दुईवटा सरकारी विद्यालयलाई परिवर्तन युवा क्लबका अध्यक्ष गणेश तामाङ द्वारा एक/एकथान कम्प्युटर हस्तान्तरण गरेका छन्। साेहि स्थानमा रहेकाे जल्जु खोला मावि भाल्चे र डिक्याप आधारभुत विद्यालयमा तामाङ द्वाराकम्प्युटर हस्तान्तरण गरेका हुन्। विद्यालयका प्रधानध्यापक र साेहि वडाका वडा अध्यक्ष आइद घलेको उपस्थितिमा कम्प्युटर हस्तान्तरण गरिएकाे हाे।

अध्यक्ष तामाङ्का अनुसार विद्यालयमा अध्यानरत विद्यार्थीको शैक्षिक गुणस्तर उकास्न विद्यालयमा सहयोग गर्दै सुविधा सम्पन्न कम्प्युटर हस्तान्तरण गरिएकाे बताउनु भयाे। उहाँले “अब कम्प्युटरबाटै किताबका पाठहरु अध्ययन र अध्यापन गराउँन सहज हुनुका साथै यसले विद्यार्थीमा पढाई प्रति आकर्षित गराउँछ” उहाँले बताउनु भयाे।


शनिबार, फाल्गुन २९ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार