चक्र देव पोलिक्लिनिकले मनायो दोस्रो वार्षिकोत्सव


नुवाकोट – अनाथ बालबालिका र जेष्ठ नागरिकहरुको नि:शुल्क स्वास्थ्य चेकजाँच गरी चक्र देव पोलिक्लिनिकले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ ।

पोलिक्लिनिकले वार्षिकोत्सव अवसरमा विदुर नगरपालिका वडा नम्बर २ मा रहेको जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रबासमै पुगेर २७ जना अनाथ बालबालिकाहरुको नि:शुल्क स्वास्थ्य उपचार गरि आफ्नो वार्षिकोत्सव मनाएको छ।

पोलिक्लिनिकका प्रबन्धक निर्देशक सुशील पण्डितका अनुसार छात्रबासका बालबालिकाहरु लाई भाेलिका दिनमा भईपरि आउने समयमा सम्पूर्ण स्वास्थ्य उपचार खर्च तथा उपचारमा टिकट शुल्क नलाग्ने र स्वास्थ्य चेकजाँचमा ५० प्रतिशत छुटको व्यवस्था गरि दिने प्रतिवद्वता समेत गर्नु भएकाे छ। बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु कापी, कलम, पढ्नको लागि टेबल सामग्री र फलफुल वितरण गरिएको उनले बताए ।

यस्तै, पोलिक्लिनिकले वार्षिकोत्सव अवसरमा गत फाल्गुण २२ गते देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानद्वारा सञ्चालित वृद्धाश्रमका ३७ जना जेष्ठ नागरिकहरुको नि:शुल्क स्वास्थ्य चेकजाँच गरेको थियो । स्वास्थ्य चेकजाँचमा सम्पूर्ण शरीर चेकजाँच, एक्सरे, मधुमेह, उच्च रक्तचाप, ईसीजीलगायतकोे चेकजाँच गरिएको थियो ।

वार्षिकोत्सवको दिन आज पोलिक्लिनिकमै आई स्वास्थ्य उपचार गर्ने सेवाग्राहीलाई टिकट निशुल्क र सम्पूर्ण स्वास्थ्य चेकजाँचमा ५० प्रतिशत छुटकाे व्यवस्था गरिएको गरेकाे पोलिक्लिनिकले जनाएको छ ।

पोलिक्लिनिकले रगतसम्बन्धिको सम्पूर्ण प्रयोगशाला सेवा, मुटु रोग, हाडजोर्नी तथा नशारोग, स्त्रीरोग तथा प्रजनन स्वास्थ्य सम्बन्धि सम्पूर्ण चेकजाँचको साथै समयसमयमा वरिष्ठ विशेषज्ञ चिकित्सकहरुद्वारा स्वास्थ्य सेवा दिदैँ आईरहेको छ ।


बिहीबार, फाल्गुन २७ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार